logo

लन्डनद्धारा कपिलवस्तुमा वृद्दाश्रम बनाउन ४४ लाख संकलित

    2092   पटक पढिएको


२३ जेठ / अर्थ र व्यापार-नेपालको पहिचान गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा बुद्ध वृद्दाश्रम बनाउनको लागि लन्डनमा आयोजित च्यारिटी कार्यक्रममा ३३ हजार पाउण्ड (झन्डै ४४  लाख नेपाली रुपैयाँ) रकम संकलन भएको छ । बुद्ध फाउन्डेसन यूकेले आयोजना गरेको उक्त च्यारिटीमा एन आर एन यूके, कपिलवस्तु समाज यूकेलगायत अन्य संघ संस्थाले सहयोग र सहकार्य गरेका थिए । कार्यक्रमबाट ३३ हजार पाउण्डको प्रतिवद्दता आईसकेको छ ।

नेपाली समुदायको बेलायतमा उत्साहजनक सहभागिता रहेको थियो । फाउन्डेसनका उपाध्यक्ष सचिन श्रेष्ठले सञ्चालन गरेको उक्त  कार्यक्रममा एन आर एन यूके अध्यक्ष मुच्छेत्र गुरूङ, युरोप संयोजक कुल आचार्य, एन आर एन युके  उपाध्यक्ष शान्ति थापा, एन आर एन पूर्वअध्यक्ष सूर्य गुरुङ, समाजसेवी तथा ब्यावसायी विनोद ज्ञवाली, शिवजी श्रेष्ठ लगायतले मन्तब्य राख्दै पुणित कार्यको प्रशंशा गरेका थिए ।

कार्यक्रम संयोजक हिराधन राईले उपस्थितहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सहयोगी हरुलाई सम्मान गर्नुका साथै अर्को चरणमा नाम्लो ब्याण्डको सांस्कृतिक प्रस्तुती, नेपालबाट आएकी नृत्यांगना तेरिया मगर लगायतले प्रस्तुति दिएका थिए ।

नेपालमा कपिलवस्तु जिल्लाको बाणगङ्गा, नन्दनगरमा ७० लाखको अनुमानित लागतमा १४ वेडको वृद्धाश्रम बनाउने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।