logo

लन्डनद्धारा कपिलवस्तुमा वृद्दाश्रम बनाउन ४४ लाख संकलित

    1780   पटक पढिएको


२३ जेठ / अर्थ र व्यापार-नेपालको पहिचान गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा बुद्ध वृद्दाश्रम बनाउनको लागि लन्डनमा आयोजित च्यारिटी कार्यक्रममा ३३ हजार पाउण्ड (झन्डै ४४  लाख नेपाली रुपैयाँ) रकम संकलन भएको छ । बुद्ध फाउन्डेसन यूकेले आयोजना गरेको उक्त च्यारिटीमा एन आर एन यूके, कपिलवस्तु समाज यूकेलगायत अन्य संघ संस्थाले सहयोग र सहकार्य गरेका थिए । कार्यक्रमबाट ३३ हजार पाउण्डको प्रतिवद्दता आईसकेको छ ।

नेपाली समुदायको बेलायतमा उत्साहजनक सहभागिता रहेको थियो । फाउन्डेसनका उपाध्यक्ष सचिन श्रेष्ठले सञ्चालन गरेको उक्त  कार्यक्रममा एन आर एन यूके अध्यक्ष मुच्छेत्र गुरूङ, युरोप संयोजक कुल आचार्य, एन आर एन युके  उपाध्यक्ष शान्ति थापा, एन आर एन पूर्वअध्यक्ष सूर्य गुरुङ, समाजसेवी तथा ब्यावसायी विनोद ज्ञवाली, शिवजी श्रेष्ठ लगायतले मन्तब्य राख्दै पुणित कार्यको प्रशंशा गरेका थिए ।

कार्यक्रम संयोजक हिराधन राईले उपस्थितहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सहयोगी हरुलाई सम्मान गर्नुका साथै अर्को चरणमा नाम्लो ब्याण्डको सांस्कृतिक प्रस्तुती, नेपालबाट आएकी नृत्यांगना तेरिया मगर लगायतले प्रस्तुति दिएका थिए ।

नेपालमा कपिलवस्तु जिल्लाको बाणगङ्गा, नन्दनगरमा ७० लाखको अनुमानित लागतमा १४ वेडको वृद्धाश्रम बनाउने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।