logo

जर्मनीले नेपालसहितका देशहरुबाट हुने यात्रामा लगाएको प्रतिबन्ध हटायो

    1912   पटक पढिएको


२२ असार/अर्थ र व्यापार– जर्मनीले नेपालसहितका देशहरुबाट हुने यात्रामा लगाएको प्रतिबन्धलाई हटाएको छ।

जर्मनीको जनस्वास्थ्य एजेन्सी रोवर्ट कोच इन्स्टिच्युटको सिफारिसमा नेपालसहित भारत, बेलायत, पोर्चुगल र रसियाबाट यात्रा गर्ने यात्रुहरु माथि लगाइएको प्रतिबन्धलाई सोमवार सूचना प्रकाशित गर्दै खुकुलो पारेको डीडब्लु न्यूले जनाएको छ ।

अब यी देशहरुबाट दुवै डोज खोप लगाएका अथवा कोभिड–१९ को संक्रमणबाट मुक्त भएको प्रमाण पेश गर्नेहरुले त्यहाँ पुगेपछि आइसोलेसनमा बस्न पर्ने छैन । तर खोप नलगाएकाहरुलाई १० दिन सम्म क्वारेन्टाइनमा आइसोलेट गर्नुपर्नेछ । यदी १० दिन अगावै पाँचौ दिनमा कोभिड–१९ परीक्षण गरी नेगेटिभ रिपोर्ट आए क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।

जर्मनीले अझैपनि ब्राजिल, उरुग्वे, मालावी, मोजाम्बिक, नामिविया, बोस्टोना, जाम्बिया, जिम्वावे, दक्षिण अफ्रिकाका नागरिक माथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।