logo

अमेरिकाले प्रतिबन्ध नहटाए आफूले शान्तिको बाटो परिवर्तन गर्ने उत्तर कोरियाली नेता किम जोङको भनाई

    1748   पटक पढिएको

१८ पुस /अर्थ र व्यापार  - उत्तर कोरियाली नेता किम जोङ उनले यदि अमेरिकाले आफ्नो देशमा लगाएको आर्थिक प्रतिबन्ध नहटाए ‘नयाँ बाटो’ रोज्ने चेतावनी दिएका छन् । मंगलवार नयाँ वर्षको दिन देशको नाममा सम्बोधन गर्ने क्रममा उनले अमेरिकाले प्रतिबन्ध नहटाए आफूले शान्तिको बाटो परिवर्तन गर्ने बताएका हुन् ।

दुवै देशको सुरक्षा र हीतका लागि जरुरी भएको भन्दै टेलिभिजन कार्यक्रममा किमले भने, ‘यदि अमेरिकाले दुनियाँका अगाडि आफ्नो वचन (प्रतिबन्ध हटाउने) पूरा गर्दैन र उसले हामीमाथि दबाब दिइरहन्छ भने यस्तोमा हामीले अर्कै विकल्प रोज्नुपर्ने हुन्छ । देशको हीत र सम्प्रभुताका लागि यहीँ जरुरी रहेको छ ।’

अमेरिकाले आफूसँग गरेको प्रतिबद्धता पूरा नगरी एकपक्षीय रुपमा प्रतिबन्ध जारी राख्यो र उत्तर कोरियाले देखाएको धैर्यलाई गलत तरिकाले लियो भने चाँही देशको स्वतन्त्रता र हित एवम् कोरियाली प्रायद्विपमा शान्ति कायम गर्न आफूहरु समक्ष नयाँ बाटो खोज्ने विकल्प नभएको किमको भनाइ छ ।

गत १२ जुनमा ट्रम्प र किमबीच सिँगापुरमा पहिलो पटक भेटवार्ता भएको थियो । यस क्रममा उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने सहमति भएको थियो । दुवै नेताहरुबीच भएको भेटवार्तापछि उत्तर कोरियाले कुनै मिसाइल परीक्षण गरेन तर अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्धमा कुनै पनि प्रकारको राहत नदिएको बताइएको छ । त्यसपछि यस २०१९ को शुरुमा उनीहरुको बीचमा पुनः भेटवार्ता हुनसक्ने बताइएको थियो ।

किमले फेरी आफू राष्ट्रपति ट्म्पसँग भेटवार्ताका लागि तयार रहेको ताकि उत्कृष्ट भविष्यका लागि सही रणनीति बनाउन सकियोस् भनेका छन् । विश्लेषकहरुले भने उत्तर कोरियाले आफ्नो पहिलाको बाटो नै अपनाइसकेको र अमेरिका–उत्तर कोरिया सम्मेलनले यसअघिको बैठकमा जस्तै कुनै प्रगति भने नहुने बताएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।