logo

भारतमा नोटबन्दीको पीडा

    2243   पटक पढिएको


३१ जेठ / अर्थ र व्यापार -  भारतमा नोटबन्दीको शिकार बनेका १ हजार र ५ सय दरका नोट सयकडा ९ भारुका दरले साटिन थालेका छन् । यो सटहीमा ९० प्रतिशत कमिसन गैरआवासीय भारतीय (एनआरआई) ले खाइरहेको छ । भारत सरकारले एनआरआईलाई जून ३० सम्म नोटबन्दीमा परेका नोट सटहीको सुविधा दिएको छ । प्रत्येक एनआरआईले २५ हजारसम्म रकम साट्न नपाउने व्यवस्था गरिएको छ ।

वास्तवमा भन्नुपर्दा १ हजार र ५ सयका नोट साट्दा प्रतिसय ९ रुपैयाँ मात्र वास्तविक धनीले पाउने गरेका छन् । यसको अर्थ कसैले १ करोड रुपैयाँ साट्न खोज्यो भने उसको हातमा मात्रै ९ लाख रुपैयाँ पर्ने देखिएको छ । यस्तो कारोबारको मध्यस्थता गर्नेको कमिसन भने १ प्रतिशत मात्र रहेको छ । ती नोटको १ करोड भारु साट्दा वास्तविक धनिले ९ लाख र मध्यस्थकर्ताले १ लाख पाउँछ भने बाँकी सबै एनआरआईले खान्छन् ।

सरकारलाई सम्पत्ती विवरण देखाउन नसक्ने वा नचाहनेले कम मूल्य पाइने भए पनि नोट साट्ने गरेको समाचारमा बताइएको छ । यो कारोबारमा संलग्नले जुन २५ गतेसम्म मात्र नोट संकलन गर्ने छन् । त्यसपछि पाँच दिन मात्र बाँकी रहने भएकोले जोखिमका कारण २५ तारखसम्मको मिती तय गरिएको हो । हालै हैदरावादमा नोटबन्दीमा परेको कुल ३ करोड ४८ लाख भारुसहित व्यवसायी पक्राउ परेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।