logo

चीनमा मितव्ययितासम्बन्धी नियम उल्लघन गर्ने १ लाख व्यक्ति कारबाहीमा

    1916   पटक पढिएको

४ माघ/ अर्थ र व्यापार  - चीनमा मितव्ययितासम्बन्धी नियमलाई उल्लंघन गरेकोमा सन् २०१८ मा करिब एक लाख व्यक्तिलाई कारबाही गरिएको छ । दल र सरकारको आचरणमा सुधार गर्ने अभियानस्वरूप आठ बुँदे मितव्ययिता संहिताअन्तर्गत वर्षभरमा ९२ हजार २१५ व्यक्तिलाई कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीका भ्रष्टचार विरोधी उच्च निकायले जनाएको छ ।

उनीहरूलाई विभिन्न ६५ हजार ५५ मुद्दामा मितव्ययी नबनेको ठहर गरी कारबाही प्रक्रिया अधि बढाइएको चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन अनुगमन तथा राष्ट्रिय पर्यवेक्षण केन्द्रीय आयोगद्वारा बिहीबार वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ । दण्डित हुनेमा छ जना प्रान्तीय तथा मन्त्री स्तरीय अधिकारी रहेका बताइएको छ । उनीहरूमाथि अनाधिकृत व्यक्तिलाई कल्याणकारी तथा अन्य विभिन्न सहायता दिएको वा उपहार तथा नगद घुस लिएको आरोपमा कारबाही गरिएको हो ।

उनीहरूले गैरकानूनी रूपमा सामानहरू खरिद गरेको तथा सरकारी गाडीको दुरूपयोग गरेको तथा सार्वजनिक रकम भोज तथा पाटीमा प्रयोग गरेको ठहर गरी कारबाही अघि बढाइएको हो । गत डिसेम्बरमा मात्र विभिन्न नौ हजार ३५० मुद्दामा १३ हजार ४११ जनालाई सन् २०१२ देखि कार्यान्वयनमा ल्याइएको मितव्ययिता कानून उल्लङ्घनको अभियोगमा कारबाही गरिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।