logo

केन्द्रीय बैंकमा भारतमा प्रतिबन्धित पाँच सय र हजारका नोट ९९ प्रतिशत फिर्ता

    1942   पटक पढिएको

१५ भदौ / अर्थ र व्यापार – भारतमा अघिल्लो वर्ष अप्रत्याशित रुपमा अवैध मुद्रामा नोटबन्दी लगाइएपछि प्रतिबन्धित रहेका उच्च दरका लगभग सबै नोट भारतीयहरुले फिर्ता गरेका छन् । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका अनुुसार ती नोटहरु मध्ये १५२.८ टन रुपियाँ अर्थात २४२ अरब डलर बैंङ्किङ प्रणालीमा फिर्ता आएकोे छ ।

यो रकम प्रतिबन्धित उच्च दरका नोट मध्येको ९९ प्रतिशत हो । पाँच सय र एक हजार रुपियाँका नोटको प्रतिबन्धसँगै बैंङ्कहरुमा रकमको अभाव भएको थियो । पाँच सय र एक हजार रुपियाँका नोटहरुले भारतीय बजारमा रहेका नोटको ८५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । लगभग सबै प्रतिबन्धित नोट फर्किएपनि रिजर्भ बैंक अफ इन्डिया ले नोटबन्दी अभियानलाई पूर्ण रुपमा सफल भने मानेको छैन ।

बैंंकका अनुसार कृषि, ग्रामीण अर्थतन्त्र र वस्तुको व्यापारका क्षेत्रमा नगद कारोबारमा निर्भर हुने स्थानमा भने नराम्रोसँग प्रभाव परेको छ । धेरै कम आय भएका व्यापारी र साधारण बचतकर्ता जो नगदी अर्थव्यवस्थामा निर्भर रहेका थिए, उनीहरु यसबाट नराम्रोसँग प्रभावित भएका थिए । सरकारी निर्णयले आर्थिक वृद्धिलाई सुस्त पार्न भूमिका खेलेको छ ।

सरकारी अधिकारीहरुले गत वर्ष यसरी अवैध रुपमा राखिएका नोटहरु जफत गर्न सजिलो हुने भन्दै प्रतिबन्धको घोषणा गरेका थिए । योे कदमबाट अघोषित धनका बचतकर्ताहरुलाई कानुनी रुपमा पैसा विनिमय गर्नका लागि अप्ठ्यारो हुने आशा गरिएको थियो । त्यसैले यो नीतिको घोषणामा प्रश्न उठ्नुका साथै भारतभर अन्यौलको अवस्था निम्त्याएको थियो ।

अर्कातर्फ आफूसँग भएका नोटहरु साट्ने आशमा आएका मानिसहरुको अत्याधिक भीडलाई व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको थियो । भारतको केन्द्रिय वैकले भारत बाहिर रहेका प्रतिवन्धित नोटको अवस्थाका वारेमा भने केही खुलाएको छैन । भारतमा काम गर्न जानेहरुले नेपाल ल्याएका तर साट्न नपाएका प्रतिबन्धित नोटहरुले समष्या उत्पन्न गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।