logo

अमेरिकामा टिकटकको वार्षिक आम्दानी १६ अर्ब डलर

    985   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब अमेरिकी डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ ।
अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो ।
अमेरिकाले मुलुकभर टिकटक प्रतिबन्धका लागि संसदबाट विधेयक पारित गरेको छ । ६ महिनाभित्र चिनियाँ स्वामित्व बिक्री नगरेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुनेगरी प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ) बाट विधेयक पारित भएको हो ।
यसबीचमा फाइनान्सियल टाइम्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सले गत वर्ष विश्वभरबाट १ खर्ब २० अर्ब डलर आम्दानी गरेको छ । यो सन् २०२२ को भन्दा ४० प्रतिशत धेरै हो ।
विभिन्न समाचार एजेन्सीहरुले तयार पारेको न्युज अनुसार १७ करोड प्रयोगकर्ता रहेको अमेरिका टिकटकका लागि चीनपछिको ठूलो बजारको रुपमा रहेको छ । जबकि भारतमा भने सन् २०२० मै टिकटकमाथि प्रतिबन्ध लागेको थियो ।
टिकटकको मातृ कम्पनी बाइटडान्स नयाँ/नयाँ मोबाइल एपहरु सार्वजनिक गर्ने कारणले गर्दा एप फ्याक्ट्रीको नामले समेत चिनिन्छ । त्यसैले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सोसल मिडिया प्लाटफर्मको स्वामित्व रहेको मेटासँग यसको प्रतिस्पर्धा छ ।
सो रिपोर्ट अनुसार बाइटडान्सले सर्वाधिक वार्षिक आम्दानी गर्ने सोसल मिडिया कम्पनीको रुपमा मेटालाई पछि पार्ने सम्भावना छ । गतवर्ष सन् २०२३ मा मेटा कम्पनीको आम्दानीमा १६ प्रतिशतले वृद्धि भएर १ खर्ब ३४ अर्ब ९० करोड डलर पुगेको छ । जुन बाइटडान्सको भन्दा केहीमात्रै धेरै हो ।
यसैबीच, हालैमात्र सार्वजनिक एक अर्को रिपोर्ट अनुसार इन्स्टाग्रामले गत वर्ष सर्वाधिक डाउनलोड हुने सोसल मिडिया एपको सूचिमा टिकटकलाई पछि पार्दै पहिलो नम्बरमा कब्जा जमाएको छ । जसअनुसार गत वर्ष इन्स्टाग्राम ७६ करोड ८० लाख पटक डाउनलोड हुँदा टिकटक चाहिँ ७३ करोड ३० लाख पटक डाउनलोड भयो ।
तथापि अमेरिका मात्रैको कुरा गर्दा भने टिकटक नै गत वर्ष सर्वाधिक डाउनलोड हुने सोसल मिडिया एपको रुपमा कायम छ । सन् २०२३ मा अमेरिकामा ४ करोढ ७० लाख पटक टिकटक एप डाउनलोड हुँदा फेसबुक ३ करोड ५० लाख र इन्स्टाग्राम ३ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।