logo

सोखका लागि फोटो खिच्ने निमाले जिते विश्वप्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’

    667   पटक पढिएको


२५ माघ/अर्थ र व्यापार – रमाइलो र सौखका लागि फोटो खिच्दै आएका ब्रिटेनका निमा सारिखानीले विश्व प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’ जितेका छन् । पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को फोटोबाट उनले सो अवार्ड जितेका हुन् ।
सिरिखानीले यो फोटो नर्वेको स्पार्भार द्वीप समूह नजिक तीन दिनको पर्खाइपछि खिच्न सफल भएको बीबीसीले जनाएको छ । पिपल्स चोइस अवार्डका लागि विश्वभरबाट भोटिङ गरिएको थियो । सिरिखानीले खिचेको बरफमाथि सुतिरहेको भालुको फोटोले ७५ हजारभन्दा बढी भोट पाएको थियो । बहुमतको आधारमा सोही फोटोले ‘पिपल्स चोइस अवार्ड’ जित्न सफल भएको हो ।
नेचुरल हिस्ट्री म्युजियमले हरेक वर्ष वाइल्डलाइफ फोटोग्राफर अफ दि ईयर पिपल्स च्वाइस अवार्ड फोटोग्राफी प्रतियोगिता आयोजना गर्दछ । सन् २०२३ का लागि ५० हजार भन्दा बढी फोटाहरु प्राप्त भएका थिए । तीमध्ये १०० फोटाहरु अन्तिम प्रतिस्पर्धामा राखिएका थिए ।
सिरिखानीले आफ्नो फोटोलाई ‘आइस बेड’ (बरफको ओछ्यान) नाम दिएको थिए । जलवायु परिवर्तनको विश्वव्यापी संकटका बीच मस्त निद्रामा रहेको भालुको फोटो आशा जगाउने खालको रहेको उनले उल्लेख गरेका छन् ।
सारिखानीले व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि फोटो खिच्ने गरेको बीबीसीले जनाएको छ । यो फोटोबाट विश्वप्रतिष्ठित अवार्ड जित्दा निकै सम्मानित महसुस गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘जलवायु परिवर्तन हामी सामु ठूलो चुनौती हो । मलाई आशा छ कि यो फोटोले आशा जगाउने छ । हामीले जे गलत क्रियाकलाप गरेका छौं, त्यसलाई सच्याउने समय आएको छ ।’
लिङ्कडइन प्रोफाइल अनुसार सारिखानी सन् २०१७ देखि ह्याम्बलडेन क्यापिटलमा प्रबन्धक साझेदारको रुपमा कार्यरत छन् । ह्याम्बलडेन क्यापिटल विदेशमा प्रत्यक्ष लगानी गर्ने लण्डनस्थित कम्पनी हो । लण्डनबाट अर्थशास्त्र र गणितमा स्नातकसम्म अध्ययन गरेका उनी अफ्रिकी संरक्षण विकास समूह, प्रिभेल, एसएमई क्यापिटल र टाइन वेल्थ होल्ङ्सिमा बोर्ड सदस्य पनि छन् ।
नेचुरल हिस्ट्री म्युजियमका निर्देशक डा. डगलस गूरले निमा सिरिखानीले खिचेको फोटो निकै लोभालाग्दो र मार्मिक भएको बताएका छन् । यो फोटोमा हामीले हाम्रो सुन्दरता र नाजुकता देख्न सक्छौं । जलवायु परिवर्तन र ग्लोबल वार्मिङका बीच यी भालुहरुको बासस्थान नासिदै गएको छ । यसलाई बचाउन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।