logo

जापानमा गयो ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

१३ जनाको मृत्यु ,शहरका धेरै घरमा क्षती

    1115   पटक पढिएको



१७ पुस/अर्थ र व्यापार – जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।
सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।
भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो । अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ ।

जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा घर, सडक र बिजुलीका लाइनहरुमा क्षति पुगेका फोटो भिडियोहरु सामाजिक सन्जालमा देखिन्छन् । इशिकावाको वाजिमा शहरमा एक सय भन्दा बढी घरहरु भत्किएका छन् । यो पर्यटकीय शहर पनि हो । यसैगरी, इशिकावाकै सुजु शहरको एक प्राचीन मन्दिर पनि पूर्णरुपमा भत्किएको छ । त्यसको भग्नावशेषमा मानिसहरु पुरिएको हुनसक्ने अनुमान छ । भूकम्प प्रभावित विभिन्न ठाउँमा धुवाँको मुस्लो उडेको देखिएकाले आगलागी भएको अनुमान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।