logo

एनसीएनसीको नयाँ कार्यकारिणी बोर्ड अध्यक्षमा शाक्य विजयी

    641   पटक पढिएको


५ पुस/अर्थ र व्यापार – अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यकारिणी बोर्डमा डा. विकास शाक्यको समुहले वर्चश्व कायम गरेको छ ।
संस्थाको सन् २०२४—२५ को नयाँ कार्यकारिणी बोर्डका लागि भएको निर्वाचनमा डाक्टर शाक्यको प्यानलले जीत हासिल गरेको हो । शाक्यले आफ्ना प्रतिस्पर्धी डा. चिरञ्जीवी भट्टराईलाई १ सय ३९ मतान्तरले पछि पार्दै बोर्ड अध्यक्षमा जीत प्राप्त गरेका हुन ।
शाक्यले कुल ४ सय ३६ मत पाउँदा भट्टराईको पक्षमा २सय ९७ मत खसेको थियो । वरिष्ठ उपाध्यक्षमा विजयी ददिन पाण्डेले ४ सय २६ मत हासिल गर्दा उनका प्रतिस्पर्धी कुलानन्द शर्माले २ सय ९९ मत पाए ।
उपाध्यक्षमा जित प्राप्त गरेका नारायण लुइँटेलले ४ सय ३३ मत पाउँदा उनका प्रतिस्पर्धी रचना सुवेदी पोखरेलले २ सय ९१ मत ल्याइन । महासचिवमा विजयी कल्पना भण्डारीले ४ सय ४६ मत प्राप्त गर्दा प्रतिद्धन्दी ऋषिराम अधिकारी २ सय ६० मतमा समिति रहे । पाँच सदस्यमा प्रियान्सु नेपाल, रमेश ओली, निभिता शर्मा, कालिदाश भण्डारी र तीला धमला चौलागाई विजयी भएका छन् ।
अविरल वर्षासँगैको कठाङ्ग्रिदो चिसोका बाबजुद निर्वाचनमा उत्साहजनक सहभागिता रहेको थियो । निर्वाचनमा ७२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । सन् १९९९ मा स्थापित एनसीएनसी अमेरिकामा अत्यन्त सक्रिय नेपालीहरू आबद्ध संस्था मध्य एक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।