logo

एनआरएनए आईसिसिसदस्य एनबी क्षेत्री मलेसियाकालागि टुरिजम गुडविल एम्बेसडर नियुक्त

    786   पटक पढिएको


८ माघ/अर्थ र व्यापार – लामो समयदेखी गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री’नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा नियुक्त भएका छन ।
नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहंदै आएका क्षेत्रीले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले चार बर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ । क्षेत्रीलाई मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यस्तो जिम्मेवारी दिएको हो ।
क्षेत्रीलाई पर्यटन मन्त्रालयले नियुक्तिपत्र मलेसिया नै पठाएको छ । नियुक्तिपत्र बितरणपछी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब सुरेश अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्री लगाएतलाई नेपाल सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए ।
सचिब सुरेश अधिकारीले यो क्षेत्र झनै बिस्तार र बलियो हुने बिश्वाष ब्यक्त गरेर नै मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा क्षेत्रीलाई नियुक्त गरेको बताएका छन । नियुक्ती पत्र प्राप्त गरेपछी क्षेत्रीले राज्यले आफू माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे ।
उनले नेपाल सरकारलाई आफुलाई सो जिम्मेवारी दिएकोमा धन्यवाद ब्यक्त गर्दै आफुले बर्षौदेखी मलेसियामा रहेर पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई प्रयोग गर्ने बताए । सन २००५ देखी देखी हालसम्म मलेसियामा रहेका क्षेत्री ट्राभल्स,टुर्स लगाएतका ब्यावसायमा आवद्द रहेका छन ।
हाल क्षेत्रीले मलेसियामा एनएचएस भ्याकेसन ट्राभल्स एन्ड टुर्स एसडिएन बिएचडि,नाफ्टर प्रेस्टो क्याफे,नाफ्टर ग्लोवल रिसोर्सेज एसडिएन बिएचडिलगाएत ब्यावसाय संचालन गरिरहेका छन । एनआरएनए पर्यटन प्रबद्दन कमिटीको सदस्य समेत रहेका क्षेत्री टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका ब्यक्तिका रुपमा मलेसियामा चिनिन्छन ।
७२ सालमा गएको महाभूकम्प र कोरोना विश्व महामारिका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउन बिश्वमा धेरै पर्यटक आउने देश मलेसिया लगायतका मूलुकमा एनआरएनएको साथमा क्षेत्रीले गरेका कामको यतिबेला नेपाल सरकार र सम्बन्धित निकायले खुलेर प्रंशसा गर्दछन ।
बिदेशमा रहेर पनि बिभिन्न क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका क्षेत्रीलाई यसपटक नेपाल सरकार र पर्यटन मन्त्रालयले उचित सम्मान दिएको छ । क्षेत्रीले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको जनाइएको छ ।
क्षेत्रीले आफुले छिट्टै मलेसियाली नागरिकलाई नेपाल भर्मणमा पठाउँनको लागी बिभिन्न कार्यक्रम शुरु गर्ने बताए । आफ्नो अभियानमा साथ दिन क्षेत्रीले मलेसियामा रहेको नेपाली दुतावास,एनआरएनए मलेसिया,समस्त नेपाली संघ सँस्था र नेपालीहरुलाई अनुरोध समेट गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।