logo

हिमानी ट्रष्टको शाखा उद्घाटन गर्न पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगिन 

    1436   पटक पढिएको

५ माघ / अर्थ र व्यापार – अमोरिकामा विस्तार भएको हिमानी ट्रष्टको शाखा उद्घाटन गर्न पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छिन ।   
पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा नेपालमा सन् २०१० मा स्थापना गरिएको हिमानी ट्रष्टले अमेरिकामा आफ्नो संगठन विस्तार सुरु गरेपछि अहिले उनी त्यहाँ पुगेकी हुन ।  
 ट्रष्टको उद्घान कार्यक्रममा भाग लिन पूर्व युवराज्ञी शाह मंगलवार अमेरिकाको राजधानी वासिंगटन डिसी पुगेकी थिईन् । शाहवाट (आज) वुधवार हिमानी ट्रष्ट युएसएको औपचारिक रुपमा उद्घाटन हुनेछ । अमेरिकामा हिमानी शाहको स्वागत गर्न राजधानी वासिंटन डिसी वरपरका राज्यहरुवाट मात्र नभई पूर्वी र पश्चिमी राज्यहरुवाट पनि नेपाली आप्रवासीहरु वासिंटन डिसी पुगेका थिए । शाहको स्वागतमा ट्रष्ट युएसएका अध्यक्ष हरि शर्मा ,महासचिव आनन्दु लामा, क्यालिफोर्नियाबाट मदरल्याण्ड नेपालका अध्यक्ष, अनिल पाण्डे, संचारकर्मी रमा सिंह लगायत थुप्रै नेपालीहरु विमानस्थल पुगेका थिए 
भर्जिनिया निवासी हरि शर्माको नेतृत्वमा यस अघि नै हिमानी ट्रष्ट युएसएको गठन गरिएको थियो भने विभिन्न राज्यहरुमा ट्रष्टको संयोजक र एम्बेसडरहरु चयन गरिएको छ । नेपालीहरुको उल्लेख्य बस्ती रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, ओहायो लगायतका राज्यहरुमा पनि ट्रष्टको स्थानीय शाखाहरु विस्तार गर्न लागिएको र संयोजक एवं एम्बेसडरहरु चयन कार्य अघि बढाइएको बताइएको छ ।
हिमानी ट्रष्ट युएसए क्यालिफोर्नियाका सल्लाहकार अनिल पाण्डेका अनुसार अमेरिकी सरकारको प्रचलित कानुन अनुसार विभिन्न राज्यहरुमा ट्रष्टको स्थापना हुने र नेपाल र ती संस्थाहरु नेपाल र नेपालीका लागि क्रियााशील हुनेछन । अमेरिकामा नेपाली कांग्रेसको जनसंम्पर्क समिति र र नेकपा एमालेको प्रवासी मंच क्रियाशील रहेको अवस्थामा पूर्व युवराज्ञी संरक्षक रहेको हिमानी ट्रष्टको गठनलाई महत्वपूर्ण रुपमा हेरिएको छ । 
करिव दुई साताको अमेरिका वसाईको क्रममा शाहले डिसी आसपासका राज्य र न्यूयोर्कको भ्रमण गर्ने बताइएको छ । सोही क्रममा शाहले छोरा हृदयन्द्र शाहको उच्च अध्ययनको लागि डिसी वरपरका युनिभर्सिटीको भ्रमण गर्ने र उनको अध्ययनको ब्यवस्था मिलाउने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।