logo

आईएफसीको क्षेत्रीय निर्देशकमा हेक्टर गोमेज नियुक्त

    1578   पटक पढिएको


५ साउन/अर्थ र व्यापार– अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले दक्षिण एशियाका लागि हेक्टर गोमेज आङलाई क्षेत्रीय निर्देशकमा नियुक्त गरेको छ ।

नवनियुक्त क्षेत्रीय निर्देशक गोमेजले आईएफसीले भारतको नयाँदिल्लीलाई आधार बनाएर कोभिड– १९ को असरबाट पुनरुत्थानउन्मुख यस क्षेत्रमा लगानी वृद्धि तथा प्रभावकारी बनाउन थप भूमिका निर्वाह गर्ने बताएको छ ।

कोरोना महामारीका कारण सृजित सीमित सार्वजनिक लगानीको बोझ सहज बनाउन र बढ्दो गरिबीको स्तर घटाउन भूमिका निर्वाह गर्ने निर्देशक गोमेजले बताए । उनले रोजगारी र आर्थिक वृद्धिलाई सघाउन मिलेर काम गर्नुपर्ने बताएका छन् ।

निर्देशक गोमेजले दक्षिण एशियामा कोभिड– १९ को असरबाट पुनरुत्थानका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको नवनियुक्त क्षेत्रीय निर्देशक गोमेजले बताएका छन् ।

कोभिड तथा जलवायु क्षेत्रको लगानीमा केन्द्रित हुँदै दक्षिण एशियाको कोभिडपछिको आर्थिक पुनरुत्थान प्रयत्नहरुमा आईएफसीको सहयोग रहनेमा पनि नवनियुक्त क्षेत्रीय निर्देशक गोमेजले जोड दिएको आईएफसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।