logo

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महा–सचिबमा साबित्री पौडेलको उम्मेद्वारी

    2405   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नवौं राष्ट्रिय महाधिवेशनमा साबित्री पौडेलले महासचिव पदका लागि उम्मेद्वारी दिएकी छिन् ।

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नवौं राष्ट्रिय महाधिवेशन यही १८ जुलाई देखी हुन गईरहेको छ । पौडेलसंग परिषदको महिला सदस्य, महिला फोरमको संस्थापक अध्यक्ष, महिला संयोजक एबं प्रवक्ताका रूपमा गरि चार कार्यकाल काम गरेको अनुभव छ ।

महासचिव पदका लागि उम्मेद्वारी घोषणा गर्दै पौडेलले समस्त नेपाली समुदायको हकहितका लागी एक ढिक्का भएर हातेमालो गर्दै अघि बढ्ने अभिलाषा रहेको बताएकी छिन्। 

संघमा लामो समय आबद्ध भएर काम गर्दा संघका चुनौती र कार्ययोजनाहरु नजिकबाट नियालेका पौडेलले बताईन् ।’ उनले भने, “महिलाहरुलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउने, भाषागत विकास र महिलाका हक र अधिकारको चुनौती एकातिर छ भने अर्को तर्फ संस्था आँफैलाई दिगो बनाउदै एनआरएनएका राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दाहरुलाई सफल बनाउनु पर्ने चुनौती तपाईं–हाम्रो अगाडी छ । यस अभियानमा सार्थक बनाउन नेदरल्यान्डमा रहेका सम्पूर्ण नेपालीहरूको पूर्ण साथ, सहयोग र अमुल्य मत पाउछु भन्नेमा पुर्णरुपमा विश्वस्त छु ।” 

पौडेलले नेतृत्वमा नारी सहभागिता हुनुपर्छ भन्ने आफ्नो विचारका साथ परिषदमा आफुले दिएको उम्मेद्वारीलाई एक नयाँ आयामको सुरुवातको संकेतको रूपमा लिएको बताएकी छिन् ।

पौडेलले नेदरल्यान्डमा रहेका सम्पूर्ण नेपालीहरूमा उम्मेद्वारी छनौटको लागी विवेकको कमि नरहेको भन्दै विभिन्न अभियानहरूमा जोडिएर आफ्नो समुदायको सामाजिक उत्थान एवं महिला सशक्तिकरणको पक्षमा सदैव जोश, जाँगर र संकल्पसहित आफुले गरेको कामले निर्वाचित हुनेमा विश्वस्त रहेको बताएकी छिन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।