logo

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महा–सचिबमा साबित्री पौडेलको उम्मेद्वारी

    1953   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नवौं राष्ट्रिय महाधिवेशनमा साबित्री पौडेलले महासचिव पदका लागि उम्मेद्वारी दिएकी छिन् ।

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नवौं राष्ट्रिय महाधिवेशन यही १८ जुलाई देखी हुन गईरहेको छ । पौडेलसंग परिषदको महिला सदस्य, महिला फोरमको संस्थापक अध्यक्ष, महिला संयोजक एबं प्रवक्ताका रूपमा गरि चार कार्यकाल काम गरेको अनुभव छ ।

महासचिव पदका लागि उम्मेद्वारी घोषणा गर्दै पौडेलले समस्त नेपाली समुदायको हकहितका लागी एक ढिक्का भएर हातेमालो गर्दै अघि बढ्ने अभिलाषा रहेको बताएकी छिन्। 

संघमा लामो समय आबद्ध भएर काम गर्दा संघका चुनौती र कार्ययोजनाहरु नजिकबाट नियालेका पौडेलले बताईन् ।’ उनले भने, “महिलाहरुलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउने, भाषागत विकास र महिलाका हक र अधिकारको चुनौती एकातिर छ भने अर्को तर्फ संस्था आँफैलाई दिगो बनाउदै एनआरएनएका राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दाहरुलाई सफल बनाउनु पर्ने चुनौती तपाईं–हाम्रो अगाडी छ । यस अभियानमा सार्थक बनाउन नेदरल्यान्डमा रहेका सम्पूर्ण नेपालीहरूको पूर्ण साथ, सहयोग र अमुल्य मत पाउछु भन्नेमा पुर्णरुपमा विश्वस्त छु ।” 

पौडेलले नेतृत्वमा नारी सहभागिता हुनुपर्छ भन्ने आफ्नो विचारका साथ परिषदमा आफुले दिएको उम्मेद्वारीलाई एक नयाँ आयामको सुरुवातको संकेतको रूपमा लिएको बताएकी छिन् ।

पौडेलले नेदरल्यान्डमा रहेका सम्पूर्ण नेपालीहरूमा उम्मेद्वारी छनौटको लागी विवेकको कमि नरहेको भन्दै विभिन्न अभियानहरूमा जोडिएर आफ्नो समुदायको सामाजिक उत्थान एवं महिला सशक्तिकरणको पक्षमा सदैव जोश, जाँगर र संकल्पसहित आफुले गरेको कामले निर्वाचित हुनेमा विश्वस्त रहेको बताएकी छिन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।