logo

नेपाल भ्रमण बर्ष २०२० स्थगित गर्ने वारे प्रधानमन्त्रीलाई पत्र

राजेन्द्र प्रसाद सापकोटा

    6450   पटक पढिएको

प्रधानमन्त्री ज्यु नमस्कार ।
नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको र मनाउन गईरहेको नेपाल भ्रमण बर्ष २०२० का सन्दर्भमा केही कुरा भन्न मन लागेर सम्माननिय प्रधानमन्त्री ज्यु समक्ष निम्न लिखित बुदागत अनुरोध गर्दछु । आशा छ, मैले सरकार बिरोधिको बिल्ला भिर्नुपर्ने छैन ।

१. नेपाल भ्रमण बर्ष २०२० मनाउन गईरहेको तालुकदार निकाय सस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले आफ्नो मुख्य नेतृत्व मन्त्री नपायको छ महिना पुग्न लाग्यो । अझै कति महिना मन्त्रालय मन्त्री बिहिन हुने हो,अझै अत्तोपत्तो छैन ।
२.नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि भित्र्याईएका वाईडबडी जहाज गन्तब्यबिहिन छन र किस्ता तिर्न नसकेर लिलामिमा जान्छन कि भन्ने झन ठुलो चिन्ता बढेको छ, जुन कुरा प्रधानमन्त्रीज्युले नेपाल वायुसेवा निगमको वार्षिकोत्सवमा व्यक्त गर्नुभएको मन्तब्य बाट झन प्रस्ट हुन्छ ।

३. नेपाल सरकारले यसअघि मनाएको भ्रमण बर्ष सन् १९९८ र २०११ मा तोकियको संयोजक पर्यटन क्षेत्र लाई बुझेका व्यक्तिहरु थिए, त्यति हुँदा पनि तोकिएको लक्ष्य हाँसिल गर्न सकिएन भने अहिले तोकियका संयोजक सुरज बैद्य पर्यटन क्षेत्रसँग असम्बन्धित हुनुहुन्छ र आँफै भित्र हराई रहनु भएको छ । 

४. नेपाल सरकारले यति महत्वपूर्ण रुममा घोषणा गरेको कार्यक्रम लाई जम्मा १० करोड बिनियोजन गरिएको छ । यसका लागी यो पर्याप्त बजेट होईन ।
५. विश्वभर पर्यटनलाई प्राधामिकतामा राखेका मुलुकहरुमा यस्ता अभियानहरु आयोजना गर्दा पर्यटक लक्षित सहुलियत एवं सुविधाहरु वृद्धि गरिन्छ तर हाम्रो देशमा भ्रमण बर्ष लक्षित गरेर पर्यटकको भिसा शुल्क, राष्ट्रिय निकुञ्जहरुको प्रबेश शुल्क, हवाई भाडा, यातायात भाडा आदी ईत्यादीमा वृद्धि गरिएको छ । 
६. स्थानीय निकायहरुले आँफु खुशी पर्यटकहरु सँग प्रबेश शुल्क उठाइरहँदा सरकार टुलुटुलु हेरिरहेको मात्र छ । 
७. विदेशी पर्यटकको मुख्य आकर्षण रहेको पदयात्रा क्षेत्रलाई राज्यले कतै चिनेजानेको व्यबहार गर्दैन, विश्व प्रशिद्ध ट्रेकिङ ट्रायलहरु मासिएका छन । कुनै बैकल्पिक पदमार्ग निर्माणमा राज्यको ध्यान पुगेको छैन ।

८. नेपाल सरकार द्वारा भ्रमण बर्ष संयोजक तोकिएका सुरज बैद्य सगरमाथाको आरोहण रोक्नु पर्छ भन्छन, पर्यटन क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरुसँग संयोजकको कुनै सहकार्य एवं समन्वय छैन । 
९. प्रदेश स्तरिय संयोजक र कमिटिमा को, कहाँको मान्छे हो र उक्त व्यक्तिले कुन क्षेत्रको प्रतिनिधित्व गर्छ भन्ने सामान्य विवरण समेत ख्याल नगरी राजनीतिक आग्रहका आधारमा आफ्ना मान्छेहरु भर्ती गरियको छ ।
१०. नेपालको पर्यटन प्रवद्र्धनको ठेक्का लिएको नेपाल पर्यटन बोर्डले वार्षिक डेड अर्बको बजेट खर्च गर्छ तर राजनीतिक दबाब एवं संरचनागत बेथितिका कारण विश्व प्रसिद्ध संचार माध्यमहरुबाट नेपालको बिज्ञापन बजाउने, डिजिट्ल प्रबिधी द्वारा प्रचार–प्रसार गर्ने जस्ता कार्य गर्न सक्दैन, बोर्ड मन्दिरको छानाहरुमा रङ लगाउने कार्यमा नै आफ्नो रकमको मुख्य हिस्सा खर्च गरिरहेको छ ।
११. भुकम्पपछि सरकारले पर्यटन क्षेत्रलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने कुरा ग¥यो, जुन व्यबहारमा लागु भएन, जसबाट साना लगानीकर्ताहरुले आफ्नो व्यबसाय निरन्तर सञ्चालन गर्न सकेनन ।
१२. निजी क्षेत्रले पनि पर्यटक लक्षित प्याकेजहरु सहित पर्यटक आकर्षित गर्ने कार्यक्रम तय गर्न सकेनन ।
१३. हाल नेपाल दुईवटा सिजन गन्तब्यको रुपमा मात्र प्रचारित छ, यसलाई नेपाल फर अल सिजन मार्फत बर्षभरी पर्यटकको आगमनको अवस्था निर्माण गर्नुपर्ने छ ।

अन्त्यमा सम्माननिय प्रधानमन्त्रीज्युको ठुलो लक्ष्य लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा सँग सहमत छु तर पनि आगामी बर्ष २०२० मा हामी कुनै हालतमा २० लाखको सख्यामा पर्यटक भित्र्याउन सक्दैनौ ।  हाल होटेलहरु पुरापुर खाली छन, कयौ पर्यटन क्षेत्रमा आबद्द मजदुरहरु रोजगार बिहिन बनेका छन, होटेलहरुको अकुपेन्सि ३० प्रतिशत हाराहारिमा मात्र सिमित छ । घोषणाले मात्र सफलता हाँसिल हुन्न, त्यसका लागि पर्याप्त तयारीको आवश्यकता छ । मुलत पर्यटन क्षेत्रसँग सम्बन्धित नितिमा सुधार गर्नुपर्ने छ, पर्याप्त प्रचार–प्रसार गर्नुपर्ने छ । तसर्थ नेपाल भ्रमण बर्ष २०२० लाई स्थगित गरौ र २०२१ लाई ब्यापक रुपमा सफल हुने गरी तयारी गरौं र मनाऔ नेपाल भ्रमण बर्ष । 

(सापकोटा नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य हुन । )
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।