logo

अवस्था बदल्न, सोच बदलौं

राजन सिम्खडा / विचार

    4008   पटक पढिएको

वर्षौं अगाडी देखि नेपालमा नेपाल विकास किन भएन भन्ने किसिमका बहसहरु भईरहेका छन । यसो हेर्दा सरकार, हरेक राजनितिक दल देखि हरेक व्यक्तिस्तरसम्म सवै नेपाल विकास गर्नुपर्छ, समृद्ध बनाउनुपर्छ भनिरहेका छौं तर किन हामीले सोचेअनुसार देश अगाडी बढेको छैन त ? हरेक वर्ष सरकारले निति कार्यक्रम,वजेट ल्याएकै छ तर सोचेअनुसार किन विकास हुँदैन त ? व्यवस्था बदलियो तर हाम्रो अवस्था किन बदलिएन त ? प्रणाली र व्यवस्था परिवर्तन भएपनि किन सबै व्यवस्थामा उस्तै–उस्तै अवस्था छ त ? अवको बहस यसमा केन्द्रित गर्नु आवश्यक छ । समाधान यसैमा छ ।

पछिल्लो समय नेपाली समाज, व्यवसाय र व्यक्ति पनि नेताहरुसंग जोडिए, चाटुकारहरुसंग जोडिए वा शक्तिकेन्द्रसंग नजिक रहेमात्र असल र राम्रो भन्ने अवस्था आएको छ । व्यक्ति र समाजलाई अनुशासनमा राख्ने कानुन  र अध्यात्म दुवै कमजोर हुँदै गएका छन । अव हावामा उडेजस्तो मात्र भएर भएन, बुद्धले भनेको अप्पः दीप भव : जस्तै हरेक मान्छेमा जागरण नआएसम्म देश र समाज हिजो जसरी नै अगाडी बढिरहन्छ ।

पछिल्लो समय नेपाली समाजको हरेक क्षेत्रमा दण्डहिनता वढेर गयो । दण्डहिनता सामाजिक जनजीवनका विविध पक्ष व्यापार,व्यवसाय देखि राज्यसञ्चालसम्मै देखियो । नैतिकता विक्यो । अलिकति पैसा भएको, शक्तिकेन्द्रसंग राम्रो सम्बन्ध भएको व्यक्ति छ भने उसले गल्ति नै गरेपनि कार्वाही नहुने अवस्था आयो । वर्षौदेखि यस्तै हुँदै आएको छ ।

त्यसैले अव हरेक व्यक्ति, हरेक व्यवसायी, हरेक नेता आँफै जागरुक भएर सत्य र साँचो के हो भन्ने वोध गर्न नसकेसम्म हामीले चोजस्तो प्रगति सम्भव छैन । हाम्रो देशमा पटक–पटक परिवर्तन भयो तर प्रगति भएन । यसका पछाडीेको प्रमुख कारण देशको जीवनका कुनै पनि क्षेत्रका मानिसहरु आँफै ईमान्दार भएनौं । हामीले आँफै जागरुक नभएसम्म र जमिन छोडेर अन्य–अन्य विषयवस्तुहरुमा उडीरहेसम्म वास्तवमा परिवर्तन सम्भव छैन ।

विश्वका नकारात्मकता भएको मुलुकहरुमा नेपाल छैठौं तहमा आएको रिपार्ट भर्खरै आएको छ । केहि मानिसहरुलाई सामाजिक सञ्चालमा दुई–चार वटा समाचार पढेपछि सवैभन्दा वुद्धिजिवि आँफै भएको अनुभव भइरहेको छ । हामी देश विकास गर्न लगानी चाहिन्छ मात्र भनिरहेका छौं तर कुनै पनि विषयमा सतहमा नै गएर सहि अध्ययन अनुसन्धान नै भएको छैन । कतिपय कुरामा हामी उचालिएको जस्तो मात्र देखिन्छ ।

लगानीको कुरा गर्दा पनि लगानी वढ्यो तर मार्केट रिसर्च पनि छैन । उदाहरणको लागी पर्यटन क्षेत्रको कुरा गरौं । ठूला–ठूला होटलहरु थपिएका छन तर वजार भने त्यही अनुरुप बढ्न सकेको छैन । यसले गर्दा सेवा प्रदायकले कि त सेवा सुविधा घटाउनुपर्छ वा अन्य गलत वाटो लिनुपर्छ । यसले गर्दा समग्र पर्यटनको नै छवि विग्रिरहेको अवस्था छ  ।

त्यसैले बुद्धले भनेजस्तै अप्पः दीप भवः नआएसम्म देशले खोजेको वाटो समात्न सक्दैन । देश परिवर्तन गर्ने हो भने हामी हरेक नागरिकमा जागरण आउन जरुरी छ । आजका दिनमा ठूला–ठूला पूर्वाधारको निर्माण भईरहेका छ ,कतिपटक प्रधानमन्त्री र मन्त्रीहरु अनुगमनमा गए त ? नत्र काठमाडौंमा नै वनाएर सम्पन्न भएको पुल सञ्चालनमा नल्याई भत्काउनुपर्ने अवस्था कसरी आयो ? अनि सांसदले १० करोड खर्च गर्न पाउनुप¥यो भन्ने भनाईको के अर्थ ? आखिर विकास गर्ने हो भने त राज्यका निकायहरु जसले गर्दा पनि त भयो । दोष कसैलाई दिएर कोहि पनि उम्किन पाउने अवस्था नै छैन ।

राजनीतिक दलहरु तपाईंको दलले जनतालाई के दिन्छ भनेर प्रश्न गर्दा आफ्ना निति, कार्यक्रम र योजना सम्म दिन सकिरहेका छैनन । एउटा व्यवसायीले त आँफुले दिने सेवा र सुविधामा अरुले भन्दा के फरक र नयाँ दिनसक्छु भनेर सोचिरहेको हुन्छ भने राजनीतिक दलहरु अरुले भन्दा आँफुले के नयाँ दिन सक्छु भन्ने सोच्न जरुरी छ ।

विकास र सम्वृद्धिको कुरा गर्दा हामी तथ्यांक र वाटोघाटोमा मात्र अल्झिरहेका छौं । समग्र विकास वा मानिसको जीवनस्तर वा समग्रतामा सोचिरहेका छैनौं । सरकार संग जनताको अपेक्षा वढि छ । त्यो अपेक्षा पुरा गर्न समय लाग्ला तर दिशा सहि छ कि छैन भन्ने महत्वपूर्ण हो । कतिपय अवस्थामा केहि भएन वा आलोचना गर्नेहरुप्रति राज्य संयन्त्र नै अनुदार बन्दै गएको जस्तो देखिन्छ ।
कतिपय बौद्धिक बहसहरुमा यो प्रणाली नै ठिक छैन भनेको पनि सुिनन्छ । वास्तवमा ति प्रणाली चलाउने ठाउँमा त मान्छे नै छ । मान्छेले नै गर्न नचाहेपछि वा नगरेपछि त प्रणालीले मात्र त काम गर्ने होईन नी । त्यसैले हरेक मान्छेले अप्पःदीप भवः भन्ने अनुभुति नगर्दासम्म देश बदलिँदैन । हामी आँफै नबदलिएसम्म हाम्रो,घर, परिवार,व्यवसाय र देश पनि बदलिँदैन । त्यसैले देश बदल्न पहिले सोच बदलौं ।

(    पर्यटन व्यवसायी सिम्खडा हिँडे पुगिन्छ पुस्तकका लेखक समेत हुन ।) 


 

तपाईको प्रतिक्रिया

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।