logo

नाट्टा निर्वाचन–२०२० : एजेण्डा न्युन, नेतृत्वको आंकांक्षा मात्र

नविन काफ्ले / विश्लेषण

    6324   पटक पढिएको

२७ पुष / नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको मिति आगामी मात्र ३ गते घोषणा गरिएपछि पर्यटन क्षेत्रमा चुनावी सरगर्मी सुरु भएको छ । त्यसो त पर्यटन क्षेत्रका संघ–संस्थाहरुमा वर्षैभरी चुनावी चहलपहल भई नै रहन्छ । कहिले चुनाव अगाडीको तयारी भने कहिले चुनाव पछाडीको प्रतिक्रियात्मक गतिविधि ।

यसपटक पनि नाट्टाको नेतृत्व लिन चाहने तीन वटा समुहहरु प्यानलसहित चुनावी गतिविधिमा होमिएका छन । नेतृत्वका आकांक्षी तीनै जना नाट्टाका लागी नयाँ होईनन, सबै केहि न केहि रुपमा परिक्षण भईसकेका छन । व्यक्तिगत रुपमा कसैका केहि गुण र क्षमता होलान,कसैका केहि कमजोरी । त्यता पनि नजाऔं ।

व्यक्ति भन्दा पनि उनीहरुले ल्याएका एजेण्डा र प्रतिवद्धता महत्वपूर्ण हुन । तीन वटै प्यानलका प्रतिवद्धताहरु हे¥यो भने ती वर्षौं अगाडीदेखिका कपिपेष्ट एजेण्डाहरु हुन । मुलुक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० र भ्रमण दशक मनाउने योजनामा छ तर यो समयमा पर्यटन क्षेत्रको सवैभन्दा पुरानो र ईतिहास बोकेको संस्थाको नेतृत्व लिन्छु भनेर अगाडी आएकाहरुले निजी क्षेत्रको तर्फवाट कुनै रचनात्मक एजेण्डाहरु अगाडी ल्याउन सकेनन,जसले गर्दा नाट्टाका सदस्यहरु मात्र होईन,सिंगो पर्यटन क्षेत्र उत्साही हुन सकेन ।

नाट्टा नेपालको पर्यटन क्षेत्रको पुरानो संस्था हो । ट्राभल र टुर व्यवसायीहरुको संस्था भएको कारण यसको मुख्य एजेण्डा ति व्यवसायीहरुको हित र समग्र नेपालको पर्यटन क्षेत्रको विकास नै हो । पर्यटन विभागको तथ्यांक अनुसार करिव २ हजारको संख्यामा नेपालमा ट्राभल एण्ड टुर कम्पनीहरु सञ्चलानमा छन । किन सवै ट्राभल एण्ड टुर कम्पनीहरु नाट्टाको सदस्य बन्न चाहेका छैनन वा तिनीहरुलाई पनि नाट्टामा ल्याउने विषयमा कसैले कुनै एजेण्डा ल्याएको देखिँदैन । त्यतिका संख्यामा ट्राभल एण्ड टुर कम्पनीहरु सञ्चालनमा रहेपनि उनीहरु नाट्टाको सदस्य बन्न नचाहेर करिव ५ सयको संख्यामा मात्र नाट्टामा सदस्यहरु हुनुको पछाडी यो केहि सिमित मानिसहरुले हालिमुहाली गर्ने स्थान हो भन्ने उनीहरुको बुझाई हो,कि त नाट्टाले सहि विषयवस्तुहरुलाई अगाडी ल्याउनुपर्ने आवश्यकताको महशुश हो ।

अर्कोतिर ट्राभल र टुर व्यवसायीहरुका उस्तै प्रकृतिका विभिन्न संस्थाहरु क्रियाशील छन । तिनीहरुलाई एकतावद्ध गर्ने वा यो क्षेत्रलाई एकतावद्ध गर्ने सन्दर्भमा पनि कसैको ठोस योजना देखिएन ।

सवैभन्दा महत्वपूर्ण विषय व्यवसाय हो । प्रविधिमा आएको विकास संगै विस्तारै नेपालमा ट्राभल एजेन्सिको प्रभावकारीता घट्दो छ भने अर्कोतिर एयरलाईन्सहरुले सिधै ग्राहकलाई टिकेट बेच्न थालेसंगै यो व्यवसायको चुनौती थप बढेको छ । यस विषयमा पनि कुनै पनि समुहले यथोचित सम्बोधन गर्न सकेको देखिएन । 

टुरका सन्दर्भमा पनि समस्या प्रशस्त छन । काठमाडौं उपत्यका भित्रका विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु २०७२ सालको भुकम्पपश्चात जीर्ण अवस्थामा छन । तिनीहरुको पुर्ननिर्माणका सन्दर्भमा सरकारलाई दवाव दिने विषयमा पनि तीन वटै प्यानलका प्रतिवद्धता पत्रहरु मौन छन ।

यसपटकको नाट्टा निर्वाचनमा एजेण्डाहरुमा नविनता र समयसापेक्ष नदेखिएपनि नेतृत्वको आकांक्षा राख्नेहरुमा भने वढोत्तरी भएको पाईयो । नेतृत्वको आकांक्षा राख्नेहरुले समय सापेक्ष एजेण्डाहरु ल्याउन सकेको भए मुलुक र सिंगो पर्यटन क्षेत्रले नै लाभ पाउन सक्थ्यो,त्यसो हुन सकेन । 

नाट्टाका सदस्यहरुको मनोवृत्तिलाई हेर्ने हो भने उनीहरु पार्टी र प्यानल भन्दा पनि व्यक्तिलाई हेर्ने र छान्ने गरेको विगतमा देखिन्छ । यसपटक पनि तीन मध्ये एकलाई छान्ने नै छन । यसका पछाडी उनीहरुको विगतको पृष्ठभुमी,आगामी योजना,सदस्यहरु संगको सम्बन्ध नै प्रमुख हुने देखिन्छ । यसपटकको नाट्टा निर्वाचनमा पर्यटन क्षेत्रका राजनीतिक दलनिकट संस्थाहरुको प्रभाव अत्यन्तै न्युन देखिन्छ । अर्कोतिर आँफुसंग यति भोट भएको भन्ने बिग हाउसहरुको भुमिका पनि घट्नुले यसपटकको निर्वाचनमा मिश्रित परिणाम आउने देखिन्छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।