logo

विदेशिनु : बाध्यता कि राज्यको असफलता ?

राम पौडेल (लवहरी)

    927   पटक पढिएको

अहिले युवाको जीवनको सबैभन्दा कठिन र अफ्ठ्यारो निर्णय मध्य एक हो– देशमै बस्ने कि विदेश जाने । नेपालमा धेरैका लागि विदेश सपना मात्रै पनि होइन, यो त परिस्थितिले थोपरेको बाध्यात्मक विकल्प हो । पढाइ सकिएपछि हातमा विश्वविद्यालयले थमाइदिएको एउटा कागजी प्रमाणपत्र बोकेर काम खोज्न हिँड्दै गर्दा निरन्तर अस्वीकार र निराशा भोगेपछि भौंतारिएर युवा विदेशिन बाध्य भएका छन् ।

नेपालबाट हरेक वर्ष ठूलो संख्यामा शिक्षित युवावर्ग श्रम बजारमा प्रवेश गर्छन् तर उनीहरूका लागि योग्यता अनुसारको काम उपलब्ध छैन् । भएका थोरै अवसरमा पनि चिनजान, पहुँच र राजनीतिक सिफारिसले प्राथमिकता पाउने गरेको छ । यस्तो अवस्थामा आफ्नै मेहनत र क्षमता हुँदाहुँदै पनि युवा अवसर बाट बञ्चित हुनुपरेको तितो यथार्थ हामीकहाँ छ ।

हाम्रो शिक्षा प्रणाली र रोजगारीबीच निकै ठूलो खाडल देखिन्छ हाम्रा विश्वविद्यालयमा सिकाइने सीप र पढाइने ज्ञान यहाँ काम नलाग्ने, तर त्यही ज्ञान र सिप लिएर विदेश जाँदा जस्तोसुकै कामका लागि पनि योग्य ठहरिनु हाम्रो राज्य र राज्यको नीतिगत कमजोरीको प्रमाण हो भन्न अकमकाउनु पर्दैन । राजनीतिक भाषणमा जताततै युवालाई प्राथमिकता दिएको देखिन्छ, तर व्यवहारमा त्यो कहिल्यै कार्यान्वयन भएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि मिनेट, मिनेटमा कति युवाले देश छोडिरहेका छन् । निरन्तर राजनीतिक अस्थिरता, सरकारको बारम्बार फेरबदल र नेतृत्वमा दीर्घकालीन सोचको अभावले युवा लक्षित कार्यक्रमहरू कार्यक्रममै सिमित छन्, कार्यान्वयन गर्ने निकाय बेखबर जस्तै बनेका छन् ।

मुलतः उत्पादन, कृषि र उद्योगलाई प्राथमिकता नदिँदा रोजगारी सिर्जना हुन सकिराखेको छैन । जबसम्म हामी हाम्रो शिक्षा लाई प्रत्यक्ष रुपमा उत्पादन सँग जोड्न सक्दैनौं या चाहँदैनौ तब सम्म यो मुलुक परनिर्भर र गरिबीको चपेटामा रहिरहन्छ ।

विदेश जाने कुरा असामान्य या गलत मात्रै पनि होइन, त्यहाँ सिक्ने सीप, अनुभव र आधुनिक तथा प्राबिधिक ज्ञान बटुलेर फर्केको युवालाई समेत यो देशमा टिकाउनु र रोजगारीको सुनिश्चितता गर्न नसक्नु चाहिँ राज्यको निरिहता,असफलता र अकर्मण्यता हो भन्ने पुष्टि हुन्छ । जब यहाँ त साँच्चै केही नहुने रहेछ भन्ने सोचले युवालाई पुनः देश छोड्न बाध्य बनाउँछ, त्यो अर्को गम्भीर र चिन्ताको विषय हो । आज गाउँ युवाविहीन हुँदै गएका छन्, घर रित्तिदै छन्, खेतबारि बाँझिँदै छन् र बुढा भएका हरेक घरका वृद्ध बा–आमा बेसहारा बन्दै गइरहेका छन् । ती वृद्ध आमा–बा बिरामी पर्दा समयमा उपचार गर्न लाने छोराछोरी आज घरमा छैन, गाउँघरमा भेटिदैन ।

यदि साँच्चै युवालाई यहि देशमै रोक्ने हो भने, राजनीतिक सुधार, नीतिगत निरन्तरता, सीपमूलक शिक्षा र उत्पादनमुखी अर्थतन्त्र अपरिहार्य छन् । युवा विदेशिने कुरालाई राज्यले हलुका रुपमा लिनु हुँदैन । युवा यो देशको भविष्य हो, सम्पत्ति हो, अमुल्य चिज हो । युवाबिनाको देश परिकल्पना गर्दा राज्यले भोली ठूलो क्षती बेहोर्नु पर्ने हुन्छ । तसर्थ राज्य हाक्छु भन्ने हरुले बेलैमा बिदेशीने युवालाइ बजेटको केन्द्रमा राखेर उचित रोजगारीको व्यबस्था सुनिश्चितता गर्नुपर्छ ।

अन्ततः युवाले देश किन छोडे भन्दा पनि मुख्य प्रश्न राज्यले युवालाई यहि देशमै भविष्य देख्ने वातावरण सिर्जना गर्न किन सकेन भन्ने हो ।

 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।