logo

तीन महिनामै पौने चार करोड फाइदामा रिलायन्स लाइफ

    1578   पटक पढिएको

 

२१ कात्तिक/अर्थ र व्यापार–  रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३ करोड ७३ लाख नाफा गरेको छ ।

पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत आवको पहिलो तीन महिनाको तुलनामा ६२.४३ प्रतिशतले बढी नाफा कमाएको हो । 

कम्पनीले गत आवको पहिलो तीन महिनामा १ करोड ८५ लाख १४ हजार नाफा गरेको थियो । कम्पनीको खुद बीमा शुल्क रकम बढेपछि नाफा बढ्न पुगेको हो । 

कम्पनीको खुद बीमा शुल्क रकम गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा २४ करोड २३ लाख ३७ हजार खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ४६ करोड ५२ लाख ३० हजार आर्जन गरेको छ । 

कम्पनीले भदौमा सर्वसाधारणलाई सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब १० करोड कायम गरेको छ । कम्पनीको जगेडा कोषमा  १७ करोड ३० लाख १३ हजार संचित छ ।

कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रूपैयाँ छ । भने कम्पनीको महाविपत्ति जगेडा कोषमा १ करोड ९२ लाख २४ हजार छ । 

यस अवधिमा कम्पनीले ४ हजार १ सय ३८ बीमालेख जारी गरी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हालसम्म कम्पनीको  कुल बीमा शुल्क आर्जन २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीले ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । भुक्तानी हुन बाँकी ४ दाबीवापतको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

हाल कम्पनीको प्रति सेयर आम्दानी ५.७३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १०९.१५ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १०४.७५ गुणा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।