वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गरेको छ।
बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।
सामाजिक सुरक्षा योजना घोषणाको एक वर्ष पुगे पनि रोजगारदाता र श्रमिकको सूचीकरण भने अत्यन्त न्यून देखिएको छ।
३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ । सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा यो नियम लागू हुनेछ ।
पोखरा रंगशाला प्रवेशद्वार नजिकै छ, बास्केटबल कोर्ट । रंगशाला पुग्दा त्यहाँ साँझ–बिहान सधैं खेलाडीहरु अभ्यासमा देखिन्थे । तर, बिहीबारको दृष्य केही फरक थियो । कोर्ट भित्र केही कुर्सी र केही क्यानभास थिए ।
एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला गर्ने भएको छ। मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गर्ने कम्पनीले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले किसान परिचय कार्डमार्फत् कृषि अनुदान वितरण गर्न आग्रह गरेका छन् ।
ऐतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
आन्दोलनरत चिकित्सा शिक्षा सङ्घर्ष समितिले सरकार र निजी मेडिकल कलेजहरुबीच भएको दुईबुँदे सहमति अस्वीकार्य भएको बताएको छ ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको तीन वर्ष्भित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएका छन्।
राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।
आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ ।
कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नारायणहिटी दरवार संग्रहालयको संचालन–व्यवस्थापन अब विकास समिति मार्फत हुने भएको छ ।
नेपाल र रुस सैन्य–प्राविधिक समन्वय सम्वन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार यसबारे औपचारिक जानकारी दिएका हुन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् ।
नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबार काठमाडौंमा सुरु हुँदैछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको सहमतिका आधारमा सोमबारदेखि राजधानी काठमाडौंमा नेपाल र चीनका अधिकारीहरुबीच उच्चस्तरीय रेल वार्ता सुरु भएको छ ।
विश्वास गार्मेन्टले २३ वर्ष अघि नेपाल बैंकबाट लिएको कर्जा चुक्ता गर्ने भएको छ । धुलिखेल र चितवनको जग्गा धितोमा राखेर गार्मेन्टले उति बेला ६ करोड ९० लाख ऋण लिएको थियो । अहिले कर्जा र त्यसको ब्याज बढेर १४ करोड ६३ लाख पुगेको छ । नेपाल बैंक सञ्चालक समितिको बैठकले सो कर्जा गत असोजमसान्तसम्म असुल उपर गरी सक्ने गरी निर्णय गरेको थियो ।
तयारी बिना सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ले शुक्रबारदेखि बल्ल काम गर्न थालेको छ।
ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ ।
संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज (आईसीएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
सिमन्टको बजार कमजोर बन्दै गएका बेलामा नेपालमा शतप्रतिशत विदेशी लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि प्रतिबद्धता आएको छ । कुल ५० करोडको वैदेशिक लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि उद्योग विभागमा प्रतिबद्धता आएको छ ।