logo

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

    1115   पटक पढिएको

 

४ भदौ/अर्थ र व्यापार – अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।
गायन, नृत्य तथा कमेडीका शोहरु मात्र दर्शकहरुले हेर्न पाइरहेको बेला अभिनय विधाको शो ‘एक्टिङ स्टार’ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ । अभिनय कला प्रस्फुटन गर्न तथा सच्चा कलाकारको खोजी गर्न यो शो ल्याउन लागेको आयोजक संस्था महक मिडिया नेटवर्क प्रालिले जानकारी दिएको छ ।
‘सबैमा प्रतिभा हुन्छ तर, प्लेटफर्म नभएर कुण्ठित हुन नपरोस् र मनोरञ्जनको क्षेत्रमा नयाँ कदम चाल्न ‘एक्टिङ स्टार’ले सहयोग गरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ आयोजक टिमका एक प्रतिनिधिले भने । उनले यो शोको डिजिटल अडिसन खुल्ला गरेको २ दिनमै दर्जनौं भिडियोहरु प्राप्त हुँदा हौसला मिलेको भन्दै दर्शकहरुलाई नयाँ स्वादको प्रतिक्षा भएको पुष्टि गरे ।
‘एक्टिङ स्टार’मा डिजिटल अडिसन दिनका लागि आफ्नो अभिनय कला प्रस्तुतिको अधिकतम २ मिनेटसम्मको भिडियो रेकर्ड गरेर आगामी ३१ भदौसम्म Whatsapp तथा Viber नम्बर ९७६७९८३३१० मा पठाउनु पर्नेछ । अथवा, [email protected] मा पनि पठाउन सक्नेछ ।
कार्यक्रमलाई ‘महक मिडिया नेटवर्क प्रालिले निर्माण गर्दैछ भने निर्देशक तथा अन्य महत्वपूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिइने आगोजक कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।