logo

डेपुटी गभर्नर श्रेष्ठसँग बयान लिन बाँकी, अर्को साता प्रतिवेदन, रेग्मीको राजीनामा फण्डा के हो?

    1082   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार - डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न बनाइएको समितिले अर्को साता आफ्नो रायसहितको सुझाब बुझाउने भएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले गठन गरेको समितिले अब श्रेष्ठसँग सोधपुछ गर्ने भएको छ। सोधपुछपछि आफ्नो सुझाब बुझाउने समितिको तयारी छ।

’लगभग सबै काम सकिएको छ। हामीले आवश्यक अनुसन्धान गर्यौं। केही बाँकी छन्’ समितिका संयोजक तथा राष्ट्र बैंक सञ्चालक डा. श्रीराम पौडेलले अर्थ र व्यापारसँग भने, ’अब श्रेष्ठजीसँग पनि आवश्यक सोधपुछ गर्ने छौं।’

समितिले श्रेष्ठसँग अहिलेसम्म कुनै लिखित वा मौखिक स्पष्टीकरण नमागेको उनले बताए। उनले लिखितभन्दा पनि मौखिक स्पष्टीकरण सोधिने जानकारी दिए।

सरकारले श्रेष्ठमाथि तीन वटा आरोप लगाउँदै त्यसको छानबिन गर्न राष्ट्र बैंक सञ्चालक समितिलाई निर्देशन दिएको थियो। श्रेष्ठमाथि अनुसन्धान गर्न पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुवोधकुमार कर्णको समिति गठन गरिएको छ। समिति गठनसँगै श्रेष्ठ निलम्बनमा छन्।

’सबै कोणबाट अनुसन्धान भएको छ’ पौडेलले भने, ’हामीले निष्कर्ष निकालिसकेको छैन। श्रेष्ठसँग प्रष्टीकरण लिएपछि मात्र निष्कर्षमा पुग्छौं।’

रामजीको राजीनामा फण्डा
रेग्मीले छानबिन समितिमा आफू नबस्ने भन्दै राजीनामा गरेका थिए। उनले राजीनामा अर्थमन्त्री डा. युवराज खतिवडामाथि चलेका हल्लालाई विश्लेषण गरेर गरेका थिए।

उनले राजीनामा गर्दै गर्दा डा. खतिवडा मन्त्री पदबाट हट्ने हल्ला थियो। श्रेष्ठमाथि छानबिन गराएर हटाउने खेलको नाइके खतिवडा भएको र उनी हटेसँगै समितिले श्रेष्ठलाई बर्खास्तका लागि सिफारिस गर्न नसक्ने विश्लेषण रेग्मीको थियो।

तर मन्त्रीमन्डल फेरबदल हुँदा खतिवडा हटेनन्। त्यसपछि रेग्मीले राजीनामा फिर्ता लिए। लामो समयसम्म राष्ट्र बैंकभित्रै श्रेष्ठसँग काम गरेकाले उनलाई हटाउने षड्यन्त्रमा आफू नपर्ने रेग्मीले बताउँदै आएका थिए। 

खतिवडा खर्थमन्त्री कायम भएको अवस्थामा आफूलाई सञ्चालक समितिमा पनि अप्ठेरो पार्न सक्ने भन्दै उनले राजीनामा फिर्ता लिएका हुन्। ’खतिवडा एकदमै धेरै इगो पाल्छन्। उनलाई चिढ्याएर राष्ट्र बैंकमा  टिक्न गाह्रो हुन्छ’ रेग्मी निकट स्रोतले भन्यो, ’शिवराजले पनि गल्ति गरेका होलान् तर धेरै खतिवडाले इगोले काम गरेको छ। अहिले राजीनामा गर्दा आफूलाई पनि सिध्याउँछन् भनेर उहाँ (रेग्मी) ले राजीनामा फिर्ता लिनु भयो।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।