logo

विश्व साईकल यात्री अनिशको समुहले ग¥यो साईकलबाटै बीस देशको भ्रमण

    3788   पटक पढिएको

४ जेष्ठ / अर्थ र व्यापार- विश्व साईकल यात्री अनिश ढकालको समुहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकल वाट विश्वका बीस वटा मुलुकको भ्रमण गरेको छन । २०७२ सालको भुकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समुहले “प्रोमोटिङ नेपाल एण्ड एड्भोकेटिङ ईन्भाइरोमेन्टलिज्म एण्ड पिस” भन्ने नाराका साथ भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाईल्याण्ड, लाओस, कम्वोडिया, भियतनाम, बु्रनाई सिंगापुर, मलेसिया, ताईवान, साउथ कोरिया, ईजरायल, चिलि, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र संयुक्त राज्य अमेरिकाको साईकलवाट भ्रमण गरेका हुन । 

विश्व साईकल यात्रा वारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अनिशले विश्वका विभिन्न देशमा साईकल यात्रीका रुपमा आँफु पुग्दाको अनुभवहरु सुनाएका थिए । साईकल यात्राका क्रममा लाओस,ताईवान लगायतका देशको यात्रा रोमाञ्चक रहेको वताउँदै आफ्नो यात्राको क्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । आँफुहरुले साईकल यात्राको क्रममा नेपालको झण्डा र बुद्धको प्रचार–प्रसार गरेको उनले वताए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महतले साईकल यात्रा चुनौतीपूर्ण रहेको वताउँदै अवको यात्रामा नेपालको पर्यटन प्रवद्र्धनका लागी जिम्मेवारीपूर्ण ढंगले अगाडी बढ्न सुझाव दिँदै नेपाल पर्यटन वोर्डले आवश्यक सहयोग गर्ने वताए । साईकल यात्रालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न सके त्यसले नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि गर्न सकिने उनको भनाई थियो । त्यस्तै नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले हाल विश्वका विभिन्न मुलुकमा नेपाली समुदायहरु रहेको र उनीहरु संगको समन्वयमा साईकल भ्रमण गर्न सुझाव दिए । । 

नेपाल उद्योग वाणिज्य महासंघ का कार्यसमिति सदस्य रामशरण थपलियाले साईकल यात्रा मार्फत अनिशको समुहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको वताउँदै आगामी दिनमा साईकल यात्रालाई नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको वताए ।

पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का महासचिव सागर पाण्डे, युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिम्खडा, नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईं, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का  बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी र नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतले अनिशको समुहले विश्व साईकल यात्रा मार्फत नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गरेको धारणा राख्दै आगामी यात्रालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए । कार्यक्रममा गाउँ पर्यटन प्रबद्र्धन मञ्चका अध्यक्ष कमल सापकोटा, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व कोषाध्यक्ष लिलाबल्दव दाहाल, युवा पर्यटन व्यवसायि विष्णु पाण्डे, राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारी लगायत पर्यटन व्यवसायि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।