logo

भिटोफ नेपालको उपाध्यक्षमा युवा पर्यटन व्यवसायि गोपाल थापाले उम्मेदवारी दिने

    6518   पटक पढिएको

५ श्रावण / अर्थ र व्यापार- आगामी श्रावण १५ गते हुने ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को निर्वाचनमा युवा पर्यटन व्यवसायी गोपाल थापाले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन । थापा लिफ होलिडेज ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि का प्रबन्ध निर्देशक हुन ।

हाल देश संघियतामा गईसकेको र केन्द्रको अधिकार गाउ–गाउँमा पुगेको अवस्थामा देशका हरेक स्थानिय निकायमा पर्यटकिय गन्तव्य विकासका लागी विशेष पहल गर्न उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको थापाले वताए ।“सरकारले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएसंगै हाम्रा पर्यटकिय गन्तव्यहरुको विस्तार गर्न आवश्यक छ,त्यसका लागी प्रत्येक स्थानिय निकायहरु संगको समन्वयमा हरेका स्थानिय निकायमा पर्यटकिय गन्तव्य विकासमा जोड दिनेछु”–थापाले भने ।

नेपाल धेरै गाउँ गाउँहरुको देश भएकोले ग्रामीण पर्यटनको विकास अपरिहार्य रहेको थापाले वताए । ग्रामीण पर्यटनको विकासमार्फत रोजगारी वृद्धि र गरिवि निवारण गर्न सकिने थापाको धारणा छ । भिटोफ नेपालले केन्द्र सरकार र स्थानिय निकाय संगको समन्वयमा हरेक स्थानिय निकायमा पर्यटकिय गन्तव्य विस्तार र पर्यटनकै मार्फत मुलुकमा सम्बृद्धि ल्याउन पहल गर्न भिटोफको उपाध्यक्षमा उम्मेदवारी दिन लागेका थापाले वताए ।

विगत १७ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय थापा पदयात्राका क्रममा नेपालका धेरै गाउ–गाउँ र अधिकांश ट्रेकिङ रुटहरु सम्म पुगिसकेका छन । अर्थ र व्यापार संग कुरा गर्दै थापाले आँफुले भिटोफ नेपालका सदस्यहरुसंग यस विषयमा कुरा गरेको र सबैवाट सकारात्मक प्रतिक्रिया पाएको वताए । भिटोफ नेपालको आगमाी नेतृत्व सहमतिमै आओस भन्ने चाहना आफ्नो रहेको भएपनि त्यो परिस्थिति नआए आँफु निर्वाचनमै भएपनि जाने थापाले वताए । थापाले नेपाल, तिब्बत र भारतका विभिन्न स्थानमा ट्रेकिङ र एक्सपीडसन समेत गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।