logo

भिटोफ निर्वाचनका लागी सिंखडा समुहको घोषणापत्र सार्वजनिक

    3477   पटक पढिएको

१२ श्रावण /अर्थ र व्यापार- गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को आगामी श्रावण १५ गते हुने निर्वाचनका लागी अध्यक्षका प्रत्याशी ध्रुव सिंखडा समुहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

सिंखडा समुहको प्रथम उपाध्यक्षमा कृष्ण बहादुर सुवेदी (कुस), द्धितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कुलप्रसाद केसी (केपी) र सहकोषाध्यक्षमा उमेश दनै र सदस्यहरुमा केदारमणि खनाल, राममणि रिजाल, शान्तकुरमा वानियाँ र सन्तोष थापामगर  रहेका छन् ।

सिंखडा समुहको घोषणापत्रमा  तीन तहको सरकारी संरचनालाई ध्यानमा राखी विशेष स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने गरी (भिटोफ–नेपाल)को सांगठनिक संरचनालाई सातै प्रदेशमा विस्तारित गरिने,भिटोफ नेपालले विगतमा संचालन गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिदै ग्रामिण पर्यटन विकासमा उपयुक्त हुने नयाँ नयाँ गन्तव्यहरुको पहिचान, विकास र प्रबद्र्धधन गर्दै ग्रामिण पर्यटनका अन्य सम्भावनाहरुको अध्ययन गरिने  उल्लेख छ ।

त्यस्तै हाल सम्मको प्रचलन अनुसार ग्रामिण घरबासको व्यवस्थापन र उपलब्धता निश्चित कुनै गाउँहरुमा मात्र हुने गरेको सन्दर्भमा हाल प्रचलनमा रहेका रसुवाको तामाङ हेरिटेज ट्रेल र कास्कीको तांगतिंग ह्याँजाकोटमा रहेका घरबास पदयात्रा मार्गहरुलाई नुमना घरबास पदयात्रा मार्गको रुपमा प्रचारप्रसार गरी नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल पर्वतारोहण संघहरुसँगको सहकार्यमा अन्य सम्भावित ग्रामिण क्षेत्रहरुमा घरबास चक्रिय पदयात्राको विकासमा जोड दिइने,नेपाल भरी संचालित घरबासहरुको स्तरोन्नति गर्न घरबास संचालन प्रोत्साहन कार्यक्रम संचालन गरी उनीहरुलाई भिटोफ–नेपालमा संगठित गर्दै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा घरबास पर्यटनको प्रचारप्रसार गरी डिजटल मार्केटिङ  नेपाल सरकार, नेपाल पर्यटन बोर्ड लगायत अन्य सरोकारवालाहरुसँग सहकार्य गरिने सिंखडा समुहको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार सिम्खडाले नेपाल पर्यटन वर्ष २०२० को सफलतालाई ग्रामिण पर्यटन विकाससँग जोड्नका लागि घरबास पर्यटनमा स्थानीय परिकार, कला र संस्कृतिलाई महत्व दिदै जैविक उत्पादनप्रति उत्प्रेरणा जगाउने,ग्रामिण पर्यटन क्षेत्रलाई जैविक कृषि पर्यटन क्षेत्रको रुपमा अघि बढाउन अग्रणी भूमिका खेलिने,नेपाल पर्यटन बोर्डलगायत अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा प्रत्यक वर्ष एक पटक उपयुक्त स्थान तोकी राष्ट्रिय स्तरको घरबास मेला आयोजना गरिने,पहिले देश अनि विदेश भन्ने सरकारी नारालाई सार्थक बनाउन र ग्रामिण पर्यटनको विकासमा आन्तरिक पर्यटकहरुको भूमिकालाई कोसेढुंगा बनाउने उद्देश्यसाथ निजामति र व्यवसायीक प्रतिष्ठानका कर्मचारीहरुलाई ‘‘आन्तरिक पर्यटन विकास विदा” लाई अनिवार्य  गर्ने नीतिगत व्यवस्था हुनका लागि आवश्यक पहलकदमी गरिने,अन्तर्राष्ट्रिय रुपमा भियतनाम, लावोस, थाइल्याण्ड, कम्बोडिया र श्रीलंकाका घरबास कार्यक्रमहरुसँग स्थापित सम्बन्धलाई गाढा र प्रभावकारी बनाउँदै सहकार्य बढाइने छ र राष्ट्रिय रुपमा पर्यटन सम्बन्धित संघसंस्थाहरुलाई भिटोफ–नेपालसँगको आवद्धता दिलाउन प्रयत्न गरिने तथा भिटोफ–नेपालले बिगतमा स्थापना गरेको र हाल तिन लाख रुपैया संकलित अवस्थामा रहेको भिटोफ अक्षयकोषको रकममा उल्लेखनीय वृद्धि गर्न सक्रिय प्रयास गरिने लगायतका आफ्ना एजेण्डा रहेको वताए ।

सिंखडा समुहको घोषणापत्र सार्वजनिक कार्यक्रममा टानका पूर्व अध्यक्ष ज्योति अधिकारी,सिताराम सापकोटा,नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामा, निट नेपालका अध्यक्ष दिपक महत,टानका पूर्व महासचिव सागर पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।