logo

भिटोफ निर्वाचनका लागी पाण्डे समुहको घोषणापत्र सार्वजनिक

    2310   पटक पढिएको

१२ श्रावण / अर्थ र व्यापार- गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को आगामी श्रावण १५ गते हुने निर्वाचनका लागी अध्यक्षका प्रत्याशी बासुदेव पाण्डे समुहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

पाण्डे समुहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देबकोटा तथा सदस्यहरुमा देवीकृष्ण रोकाय, जीवन थपलिया, चोपेन्द्रबहादुर खड्का र दिपक पंगेनी रहेका छन् ।

अध्यक्षका प्रत्यासी बासुदेव पाण्डे समुहको घोषणापत्रमा हरेक दुई महिनामा कुनै एउटा गाउँको पूर्ण जानकारी सहितको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने, गाउँ पर्यटनलाई राष्ट्रिय पर्यटनको मुलधारमा ल्याउन पहल गर्ने, प्रत्येक प्रदेशमा भिटोफ नेपालको शाखा विस्तार गरी प्रत्येक प्रदेशको एक गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने, पर्यटन वर्ष २०२० को उद्देश्यलाई ध्यानमा राखी गाउँ पर्यटन प्रवद्र्धनको योजना बनाई कार्यक्रम अगाडि बढाउने,केन्द्रिय सरकार, प्रदेश सरकार र पर्यटन संघसंस्था, व्यवसायी र गाउँसँग समन्वय गरी घरआवास सञ्चालन गर्न व्यवस्थित गाईड लाइन बनाई स्तर बृद्धि गर्ने उल्लेख छ ।

त्यस्तै विगतमा भएको र वर्तमानमा भइरहेको भिटोफ नेपालको काम र कार्यक्रमलाई अझ बढि प्रभावकारी रुपमा अगाडि बढाउने, पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरी पर्यटन प्रवद्र्धनमा जोड दिने,पर्यटन सँग सम्बन्धित गाउँहरुमा विभिन्न किसिमका तालिमहरु सञ्चालन गरी गाउँलेहरुलाई दक्ष, आत्मनिर्भर बनाई आर्थिक उन्नतिमा जोड दिने, भिटोफ नेपाल र व्यवसायीहरु बीच सुमधुर सम्बन्ध बनाई आगामी दुई वर्षभित्र ९९९ जना सदस्य बनाउने, गाउँ पर्यटन महोत्सव २०१९ आयोजना गर्नका लागि सरकार, पर्यटन बोर्ड, पर्यटन संघसंस्थासँग समन्वय गरी अघि बढाउने, गाउँ पर्यटनसँग सम्बन्धित विषयलाई समेटी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने, कल्चरल मेघा इभेन्टको आयोजना गर्न पहल गर्ने, गाउँलेको भवन निर्माण गर्नका लागि सरकार तथा व्यवसायीहरुसँग पहल गर्ने विषयलाई पाण्डे समुहको घोषणापत्रमा समेटिएको छ ।

अध्यक्षका प्रत्याशी पाण्डेले घोषणापत्र सार्वजनिक गर्दै गाउँ पर्यटन नेपाल डिजिटल रुपमा अगाडी बढाउने, गाउँ पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने, होमस्टेलाई भिटोफ नेपालसँग आवद्ध गराउने योजनासहित स्थानीय भेषभूषा, कला, संस्कृति तथा परिकारको जगेर्ना र प्रवद्र्धन गर्ने तथा नतिजामुखी भएर काम गर्ने आँफुहरुको एजेण्डा रहेको वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।