logo

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको भिसा शुल्क बृद्धि

    1423   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको भिसा शुल्क बढेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भिसा शुल्क बढेको जानकारी गराएका हुन् ।

सरकारले अध्यागनम नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शुल्क बढाउने निर्णय उनको भनाई छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ३० डलर बनाउने निर्णय गरेको जानकारी गराए ।

यसअघि उक्त शुल्क २५ डलर मात्र रहेको थियो । सरकारको नयाँ निर्णयसँगै भिसा शुल्क ५ डलर बढेको छ । यस्तै ३० दिनको लागि ५० डलर र ९० दिनको लागि १२५ डलर भिसा शुल्क लाग्ने निर्णय सरकारले गरेको छ । यसअघि ३० दिनको लागि ४० र ९० दिनका लागि १ सय डलर रहेको थियो ।
सरकारले गरेको नयाँ निर्णय अनुसार म्याद थपमा एकको ३ डलर तिर्नुपर्ने निर्णय गरेको छ । यसअघि म्याद थपमा एक दिनको २ डलर लाग्ने गरेको थियो । सरकारको नयाँ निर्णय अनुसार ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा ३० डलर लिने सरकारले निर्णय गरेको छ ।

मन्त्री बास्कोटाका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका राहदानी लिएर आएका पर्यटकलाई ३० दिनसम्मको अवधिका लागि कुनै पनि भिसा नलाग्ने बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।