logo

टुर्गानको अध्यक्षमा तामाङ

    2529   पटक पढिएको

१२ माघ / अर्थ र व्यापार- टुरिष्ट गाईड एशोशियसन अफ नेपाल (टुर्गान) को वार्षिक साधारणसभाले केदार तामाङको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यक्रसमितिको वरिष्ठ उपाध्यक्षमा भाईकृष्ण खड्का, प्रथम उपाध्यक्षमा थानेश्वर देवकोटा, द्धितीय उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, महासचिवमा बद्रि नेपाल, सचिवमा ब्रमदेव शाक्य र कोषाध्यक्षमा कुमार पुरी रहेका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा यज्ञ बहदुर कार्की, विष्णु प्रसाद भट्टराई, मथुरा प्रसाद मानन्धर, राजेन्द्र बहादुर राई, दिपचन्द्र कालिका, शंकर भट्टराई र दिपक गिरी रहेका छन ।

टुर्गानको साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले पर्यटन क्षेत्रको समसामयीक समस्याका सम्बन्धमा एक हप्ता भित्र पर्यटनसँग सरोकार राख्ने संघ संस्था बीच गम्भीर छलफल गरेर पर्यटनको गति र दिशा निर्धारण गर्न पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । 

शुक्रबार राजधानीमा भएको टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) को २४ औं वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै उक्त कुरा बताए । उनले पर्यटन क्षेत्र गफगाफले मौलाएको भन्दै पर्यटनको ठोस एजेन्डा सहित आफ्नै रोहवरमा तमाम व्यवसायीहरुको समस्याको उजागर गर्न लागि परेको बताए । मन्त्री देवले आँफु काममा विश्वास गर्ने भाषणवाजीमा नलाग्ने आफ्नो स्वभाव रहेको प्रष्ट्याउँदै पर्यटन क्षेत्रमा अवैधानिक रुपमा कार्य गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउन आफु तयार रहेको त्यसको लागि सबै व्यवसायीहरुले सहयोग गर्नको लागि अनुरोध समेत गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, टानका अध्यक्ष नवराज दाहाल, टुर्गानका पूर्व अध्यक्ष हरेराम बराललगायतले पर्यटन क्षेत्रले आशा लाग्दो दिशा दिन नसकेको भन्दै पर्यटनको क्षेत्रको समस्यामा पर्यटन मन्त्री गम्भिर हुनु पर्ने बताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।