logo

सगरमाथा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

    1620   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार– कोभिड–१९ संक्रमण रोक्न गरेको बन्दाबन्दी खुकुलो भएसँगै सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धी भएको छ । 

कोरोना महामारीका कारण पर्यटन गतिवीधि ठप्प भईरहेको वेलामा सगरमाथा क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल देखिन थालेको हो । 

तेन्जिङ हिलारी विमानस्थल कार्यालयले हाल सगरमाथा क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक गरी दैनिक ५० जनाको हाराहारीमा लुक्ला आइरहेको जनाएको छ । 

पासाङ ल्हामु गाउपालिका–२ का वडाध्यक्ष आङफुर्बा शेर्पाले विभिन्न ट्राभल, ट्रेकिङ एजेन्सी तथा वायुसेवा कम्पनीले सार्वजनिक गरेको आकर्षक प्याकेजका कारण आन्तरिक पर्यटकहरुको संख्यामा बृद्धी आएको बताए।

पदयात्रा र पर्वतरोहणका लागि नोभेम्बरका लागि मात्र युरोपेली मुलुकबाट करिब डेढ सय जना विदेशी पर्यटकले अग्रिम बुकिङ गरिसकेको उनले जानकारी दिए ।

आन्तरिक पर्यटकको सक्रियताले आगामी वर्ष सन् २०२१ मा सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने वडाध्यक्ष आङफुर्बा शेर्पाले बताए ।

कार्गो उडान मात्र हुँदै आएकोमा एक महिना यता तीन सय जना भन्दा बढी यात्रु आउजाउ भइसकेको तेन्जिङ हिलारी विमानस्थलका प्रमुख मुकेश दाहालले बताए । दाहालले अहिले रोटर र फिक्स विङका करिब १० वटा एकतर्फी यात्रु उडान हुँदै आएको जानकारी दिए ।

समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले पिसीआर नेगेटिभ मापदण्ड कायम गर्दै यो क्षेत्रमा आन्तरिक पर्यटक आउन खुला गरिएपछि सगरमाथा क्षेत्र भ्रमण गर्ने यात्रुको माग राम्रो रहेको बताए ।  

यती एयरलाइन्स कम्पनीका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीले सार्वजनिक गरेको सगरमाथा क्षेत्र भ्रमणको प्याकेज मार्फत हालसम्म दुई सय २५ जना आन्तरिक पर्यटकले भ्रमण गरिसकेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।