logo

११ महिनामा १० लाख पर्यटक नेपाल भित्रिए 

    1357   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार - सन् २०१८ को पहिलो ११ महिना (जनवरीदेखि नोभेम्बरसम्म)मा नेपालमा १० लाख पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले पर्यटक आगमनलाई कोशेढुंगा भनेको छ । 

चालु वर्षको पहिलो ११ महिनामा १० लाख १ हजार ९ सय ३० विदेशी नेपाल आएका हुन् । यो संख्या गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले धेरै हो । यो तथ्यांकमा हवाईजहाजबाट नेपाल आएका पर्यटकको संख्या मात्रै समावेश छ । पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक नेपालमा आएका छन् । यो अवधिमा भारतबाट १ लाख ७८ हजार १३० जना पर्यटक नेपाल आएका छन् । 

भारतपछि चीन दोस्रो स्थानमा छ । चीनबाट १ लाख ३४ हजार ३६२ जना पर्यटक नेपाल घुम्न आएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । चीनबाट गत वर्षको यही अवधिमा ९३ हजार ६५४ जना चिनियाँ नेपाल घुम्न आएका छन् । 
नेपालमा घुम्न आउने विदेशीमा अमेरिकी नागरिक तेस्रो स्थानमा छन् । अमेरिकाबाट ८२ हजार ८७० पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्ष अमेरिकाबाट ७३ हजार ६५० अमेरिकी नेपाल घुम्न आएका थिए ।

बेलायतबाट ५७ हजार ५५५ जना पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्षको यो अवधिमा ५० हजार ६ सय ५२ जना बेलायती नेपाल घुम्न आएको बोर्डको तथ्यांकमा उल्लेख छ । पाचौँ स्थानमा जर्मनी छ । ३४ हजार ४ सय ७९ जना पर्यटक नेपाल आएको तथ्यांकमा जनाइएको छ । गत वर्ष २८ हजार ७०२ जना जर्मन नागरिक नेपाल आएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।