logo

११ महिनामा १० लाख पर्यटक नेपाल भित्रिए 

    1614   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार - सन् २०१८ को पहिलो ११ महिना (जनवरीदेखि नोभेम्बरसम्म)मा नेपालमा १० लाख पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले पर्यटक आगमनलाई कोशेढुंगा भनेको छ । 

चालु वर्षको पहिलो ११ महिनामा १० लाख १ हजार ९ सय ३० विदेशी नेपाल आएका हुन् । यो संख्या गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले धेरै हो । यो तथ्यांकमा हवाईजहाजबाट नेपाल आएका पर्यटकको संख्या मात्रै समावेश छ । पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक नेपालमा आएका छन् । यो अवधिमा भारतबाट १ लाख ७८ हजार १३० जना पर्यटक नेपाल आएका छन् । 

भारतपछि चीन दोस्रो स्थानमा छ । चीनबाट १ लाख ३४ हजार ३६२ जना पर्यटक नेपाल घुम्न आएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । चीनबाट गत वर्षको यही अवधिमा ९३ हजार ६५४ जना चिनियाँ नेपाल घुम्न आएका छन् । 
नेपालमा घुम्न आउने विदेशीमा अमेरिकी नागरिक तेस्रो स्थानमा छन् । अमेरिकाबाट ८२ हजार ८७० पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्ष अमेरिकाबाट ७३ हजार ६५० अमेरिकी नेपाल घुम्न आएका थिए ।

बेलायतबाट ५७ हजार ५५५ जना पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्षको यो अवधिमा ५० हजार ६ सय ५२ जना बेलायती नेपाल घुम्न आएको बोर्डको तथ्यांकमा उल्लेख छ । पाचौँ स्थानमा जर्मनी छ । ३४ हजार ४ सय ७९ जना पर्यटक नेपाल आएको तथ्यांकमा जनाइएको छ । गत वर्ष २८ हजार ७०२ जना जर्मन नागरिक नेपाल आएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।