logo

पर्यटकीय क्षेत्र ठमेल ‘भेहिकल फ्रि जोन’ भएपछि सुन्दर बन्दै ,

    1859   पटक पढिएको


कात्तिक १५ / अर्थ र व्यापार - सवारी चापका कारण अस्तव्यस्त बनेको पर्यटकीय क्षेत्र ठमेल ‘भेहिकल फ्रि जोन’ भएपछि सुन्दर देखिएको छ । कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाइएको हो । 
जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण, नरसिंहचोकबाट पश्चिम र ठमेलको चोकबाट पश्चिम–दक्षिणका क्षेत्र ‘भेहिकल फ्री जोन’ भएका हुन् । ठमेललाई ‘भेहिकल फ्रि जोन’ बनाउनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ–संस्थाको सहयोग रहेको ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए ।

अभियानका अभियन्तासमेत रहेका श्रेष्ठका अनुसार सवारीसाधनको चापले कुरुप बन्दै गएको ठमेललाई ढिलै भए पनि सुन्दर बनाउन लागिएको छ । “ठमेललाई ‘भेहिकल फ्रि जोन’ बनाउने महाअभियानमा सफल भयौं ।” उनले भने, “यो १८ बर्ष पहिले नै मैले सोचेको थिएँ । तर त्यतीबेला अहिलेकोजस्तो साथ सहयोग पाउन सकिएन ।” निकै लामो प्रयासपछि सफल भएको ‘भेहिकल फ्रि जोन’ का कारण ठमेल क्षेत्रमा पर्यटकहरू खुला तरिकाले हिँड्न थालेका छन् भने व्यवसायीहरूले पनि सहजको अनुभूति भएको बताएका छन् । “बिहान साढे सात बजेदखि राति १० बजेसम्म ठमेल क्षेत्रमा सवारी प्रवेशमा रोक लागेसँगै कुरुप ठमेल सुन्दरतामा परिणत भएको छ ।” एक व्यवसायीले भने, “योजना बनाएर अघि बढ्ने हो भने सबै संभव हुँदोरहेछ ।” ठमेल क्षेत्रलाई थप विकास गर्नका लागि व्यवसायीले आफूखुसी बनाएका होर्डिङ बोर्ड हटाएर निश्चित मापदण्डका होर्डिङ बोर्ड राख्ने, पार्किङलाई व्यवस्थित बनाउने, अब बन्ने नयाँ भवनहरूमा पार्किङसहितको बनाउने तयारी गरीरहेको पर्यटन ब्यवसायी समेत रहेका श्रेष्ठले जानकारी दिए । “आज अभियानको दसौं दिन हो । थोरै व्यवसायीबाहेक सबै सहमतीमा आइसक्नुभएको छ ।” श्रेष्ठ भन्छन्, “ठमेल मेरो मात्रै होइन् । सबैको ठमेललाई सुन्दर बनाउन जरुरी छ । जुन सफल भइसक्यो ।” 

बार्षिक रुपमा लाखौं पर्यटक आउने ठमेललाई सधै कुरुप बनाएर राख्ने कि सुन्दर बनाउने जिम्मा ठमेलका पर्यटन व्यवसायी तथा स्थानियको भएको श्रेष्ठ बताउँछन् । उनले ठमेलभित्र सवारी साधन प्रवेशमा निषेध गर्नको लागि लैनचौर, ज्याठा, जेवी रोड, क्षेत्रपाटी, सातघुम्ती चोक, क्षेत्रपार्टी्स्थित कृष्णमन्दिर क्षेत्र, धोवीचौरलगायत क्षेत्रमा पार्किङको ब्यवस्थाका लागि तयारी भइरहेको बताए । “हामीले ठमेल क्षेत्रलाई पूर्ण रुपमा सवारीमुक्त बनाउन विभिन्न स्थानमा ‘वान वे’ को अध्यनमा समेत लागेका छौं ।” उनले भने, “व्यवस्थित ठमेल बनाउने महाअभियानमा भएकोले सबैको सहयोगको खाँचो छ ।”
ठमेल क्षेत्रभित्रका घरधनी र व्यवसाय गर्ने व्यवसायीलाई ठमेलभित्र भित्रिनका लागि प्रवेश पास वितरणको कामसमेत सुरु गरिएको छ । विस्तारै सवारीका कारण अव्यवस्थित ठमेल व्यवस्थित भएपछि  असन, बसन्तपुर लगायतका क्षेत्रका स्थानीय समेत ‘भेहिकल फ्रि जोन’ को अभियानमा लागेको श्रेष्ठको भनाई छ । यसका लागि महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीसँग छलफलसमेत सुरु गरिएको बताइएको छ । 

ठमेल क्षेत्रको अव्यवस्थित सवारी आगमनलाई कडाइ गरेपछि सुरक्षा, पर्यटक, एम्बुलेन्स, पानी, दमकलगायतका अत्यावश्यक सवारी साधनलाई आवत–जावतमा सहज भएको व्यवसायीहरूको भनाइ छ । त्यहाँका पसल तथा होटलमा सामान ओसारपसार गर्ने सवारीलाई रातको १० बजेदेखि बिहान ७ बजेसम्म चल्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।