logo

सरकारलाई निषेधित क्षेत्र चाँडो हटाउन माग , निषेधित क्षेत्रले पर्यटक घटायो,

    1671   पटक पढिएको

 

कार्तिक १३ / अर्थ र व्यापार - तिब्बती शरणार्थीहरूले ५८ वर्षअघि चलाएको खम्पा विद्रोहपछि तत्कालीन सरकारले निषेध गरेका १३ जिल्ला पर्यटकका लागि खुला गरिदिन पर्यटन व्यवसायीहरूले आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित टानको ३९ औं वार्षिक साधारणसभामा टानका अध्यक्ष चन्द्र रिजालले यो मुद्दालाई फेरि समारोहमा उठाउँदै सरकारलाई निषेधित क्षेत्र सक्दो चाँडो हटाउन माग गरे । 

 

‘टानकी संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठको पालादेखि उठाउँदै आएको विषय आज म २२ औं अध्यक्षका हैसियतले पनि उठाउँदै छु,’ रिजालले भने । यसबारे सुझाव दिन अध्यागमन विभागका निर्देशक शम्भु मरासिनीलाई गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिइसकेका पनि छन् । मरासिनीले यसबारे १३ जिल्लाबाट राय माग भइरहेको बताए । गृह मन्त्रालयले गृह प्रशासन सुधारको ८४ बुँदे कार्यक्रममा पनि राखेको छ । ‘असोज मसान्तभित्र जिल्लाहरूबाट रायरसुझाव आइसक्नुपर्ने हो चाडपर्व परेकाले ढिलो भयो,’ निषेधित क्षेत्र पुनरावलोकन समितिका संयोजक मरासिनीले भने । 

ट्ेरकिङ व्यवसायीहरू मात्र नभई विभिन्न जिल्लाबाट निषेधित क्षेत्र हटाइनुपर्ने माग पर्यटन मन्त्रालयमा पनि धेरै वर्षदेखि राखिँदै आएको छ । तर, यो विषय गृह मन्त्रालयसँग जोडिएकाले पर्यटन मन्त्रालयले फुकुवा गर्न सकिरहेको छैन । यस मुद्दामा पर्यटन क्षेत्रका सबै संस्थाहरूको पनि एकमत रहेको छ । सरकारले निषेध गरेका १३ जिल्लाका १५ क्षेत्रअन्तर्गत ५५ भन्दा बढी गाविस रहेका छन् । यीनमा ताप्लेजुङको ओलाङचुङगोला, लेलेप, पापुङ, याम्फुदिन, संखुवासभाको किमाथांका, चेपुवा, हटिया, पावाखोला, सोलुको उत्तरी नाङपाला, दोलखाको च्छोरोल्पा, बेदिङ, लेप्चे, रसुवाको टिमुरे र थुमन, गोरखाको मनास्लु क्षेत्र, चुम उपत्यका, मनाङको नार, फु, थोचे, मुस्ताङको लोमान्थाङ, कागवेनी, माथिल्लोरतल्लो डोल्पा, मुगुको डोल्फु, पुलु, हुम्लाको सिमिकोट, यारी, लिमी, मुचु, बझाङको काडा, धुली, सैपाल र दार्चुलाको व्यास छन् । 

यिनमा सुरुमा विदेशी पर्यटकलाई निषेध थियो । तर, पछि सरकारले थप शुल्क लिई विशेष फारम भरेर घुम्न जाने व्यवस्था गरेको छ । यी क्षेत्रमा पर्यटक एक्लै पदयात्रामा जान अहिले पनि निषेध छ । जानै परे ट्ेरकिङ एजेन्सीको साथमा कम्तीमा एक विदेशीले १० देखि ५ सय डलर हाराहारी प्रतिहप्ताको थप शुल्क अध्यागमन विभागमा तिर्नुपर्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।