logo

अनअराइभल भिसा र अव्यवहारिक क्वारेन्टिनको मापदण्ड हटाउन पर्यटन व्यवसायीहरुको माग

    1785   पटक पढिएको

१३ माघ/अर्थ र व्यापार– विभिन्न पार्टीसंबद्ध पर्यटन व्यवसायी संघ, संगठनहरुले हाल कायम रहँदै आएको अनअराइभल भिसा तथा क्वारेन्टिनको मापदण्ड हटाउन सरकारसंग माग गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संवद्ध पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संघ (नेपाली कांग्रेस) र नेपाल पर्यटन परिषद् (जसपा) सम्बद्ध पर्यटन व्यवसायी संगठनहरुले पर्यटन क्षेत्रमा लगाएको उक्त मापदण्ड अबिलम्ब हटाउन सरकारसँग माग गरेका हो ।

कोभिड–१९ पछि हाल नेपाल घुम्न आउने विदेशी पर्यटकहरुमा लगाइएको एक हप्ताको बाध्यकारी क्वारेन्टिनको मापदण्ड र अनअराइभल भिसा प्रोसेस झन्झटिलो र अव्यवहारिक भएको पर्यटन व्यवसायीहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

हाल कायम रहँदै आएको मापदण्डका कारण विदेशी पर्यटकहरु नेपाल घुम्न नआउने मात्र नभएर, विश्व बजारमा नेपालको छवी समेत धुमिल हुनेमा सरकार सजग हुनुपर्ने व्यवसायीहरुको भनाइ छ।

साथै, व्यवसायीहरुले विदेशी पर्यटकलाई त्रिभूवन विमानस्थलमै सहज भिसा उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।