logo

पर्यटनमन्त्री विदेशीका लागि डलर फेयर हटाउने तयारीमा

    1665   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार - पर्यटनमन्त्री योगेश भट्टराईले कुटनीतिक नियोगको गुनासोलाई संबोधन गर्न डलर फेयर हटाउन लागिएको बताएका छन् ।
’मैले बुझे अनुसार विश्वभर प्राय मुलुकमा डलर फेयर कार्यान्वयन छैन । नेपालमा हवाई व्यवसायको सुरुवाती समयमा प्रवर्द्धन गर्न डलर फेयर कार्यन्वयनमा ल्याइएको थियो। अहिले हवाई व्यवसायले गति लिइसकेको छ,’ उनले अर्थ र व्यापारसँग भने, ‘डलर फेयरले हवाई भाडा महँगो भएको गुनासो कुटनीतिक नियोगबाट आएपछि त्यसलाई संबोधन गर्न डलर फेयर हटाउने योजना बनाइएको हो।’

उनले डलर फेयर हटाउँदा वायुसेवा कम्पनीलाई नोक्सान नहुने बताउँदै पर्यटक प्रवर्द्धन भएर अझै फाइदा पुग्ने जिकिर गरे।’वायुसेवा कम्पनीलाई पनि सहज हुने र पर्यटन प्रवर्द्धन हुने हिसाबले डलर फेयर हटाउन लागेका हौं।’ मन्त्री भट्टराईले भने । उनका अनुसार हवाई इन्धनको मूल्य घटाएर राहत दिने योजना छ । तर वायुसेवा कम्पनी भने डलर फेयर हटाउने निर्णयको विपक्षमा छन् । वुद्ध एयरका बजार प्रमुख रुपेश जोशीले डलर फेयर हटाउँदा कम्पनीसँगै अर्थतन्त्रमा समेत प्रभाव पर्ने बताउँछन् ।

‘हवाई सेवा अन्तर्गत विकट गन्तब्य(स्टल रुट)मा ७५ प्रतिशत र सुगम गन्तब्य(ट्रंक रुट) मा २५ प्रतिशत विदेशी पर्यटक यात्रा गर्छन्’, बजार प्रमुख जोशीले भने,’ अहिले ट्रंक रुटमा विदेशी पर्यटकको सहभागिता अनुसार २५ प्रतिशत विदेशी मुद्रा आम्दानी भइरहेको छ भने स्टल रुटबाट ७५ प्रतिशत विदेशी मुद्रा आम्दानी भइरहेको छ। डलर फेयर हटाउँदा हवाई कम्पनीको मुनाफा घट्छ। त्यसले अर्थतन्त्रमा समेत असर गर्छ।’ उनका अनुसार डलर फेयर हटाउँदा वैदेशिक मुद्रा संचिति समेत घट्छ। जोशीले डलर फेयर हटाएमा त्यसको असर समग्र भाडादरमा पर्ने बताए ।

’नेपाली र विदेशीलाई उही भाडादर निर्धारण गरियो भने उद्योग टिक्न गाह्रो हुन्छ। उद्योग टिकेकै डलर फेयरले हो। सबै सिजनमा विदेशी पर्यटकको आवगमन वृद्धि हुने र एउटै गतिमा कायम हुँदैन,’ उनले भने, ‘अहिले पनि सिजन नभएको बेला हामी व्यवसायीले न्यूनतम भाडादरमा सेवा दिइरहेका छौँ। डलर फेयर नहुने हो भने नेपालीको भाडा पनि बढ्छ।’ हवाई सेवा संचालक संघका प्रवक्ता योगराज कँडेल डलर फेयर कार्यान्वयनमा ल्याए वायुसेवा कम्पनी धरासायी हुने बताउँछन् ।

’वायुसेवा कम्पनी डलर फेयरकै कारण टिकिरहेका छन् । सबैलाई एउटै भाडादर हुनेवित्तिकै कम्पनी नोक्सानीमा जान्छन्। भाडादर कम हुनेवित्तिकै डलरको संचितिमा पनि असर गर्छ,’ उनले अर्थ र व्यापारसँग भने,‘वायुसेवा कम्पनीले सिजनमा विदेशी पर्यटकबाट कमाउने र अरु सिजनमा नाफाघाटा बराबर भएर सेवा संचालन गरिरहेका छन्। डलर फेयर हट्ने हो भने सबै कम्पनी आर्थिक संकटमा पर्छन्।‘ यति एयरका वरिष्ठ प्रवन्धक भीमराज राईले डलर फेयर हटाएमा कुनैपनि कम्पनी संचालन हुन नसक्ने जिकिर गरे ।

 ’नेपाली र विदेशीलाई लिइने भाडादर फरक छ । सिजनमा माग र आपूर्ति अनुसार भाडा निर्धारण गरिन्छ भने अफसिजनमा धेरै सस्तो भाडादर कायम गरिन्छ,’ उनलेसँग भने, विदेशी मुद्रा आर्जनकै कारण वर्षैभरी उद्योग संचालन भइरहेको छ । उद्योग चल्नका लागि मुख्य स्रोतमै बन्देज भएपछि हामीले कसरी व्यवसाय गर्ने?’ डलर फेयर हटाउने बारे अध्ययन गर्न पर्यटन मन्त्रालयले अध्ययन समिति बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।