logo

देशमा लोकमान प्रवृत्ति अन्त्य गर्नुपर्छ : पर्यटनमन्त्री देव

    1980   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार- टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) को तेस्रो राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन चार बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनमा टुर्गानका अध्यक्ष नगेन्द्र चन्द द्वारा प्रस्तुत घोषणा पत्रमा टुरिष्ट गाइडहरुको पेशालाई सम्मानित र मर्यादित बनाउन राज्यस्तर बाट पहल गरिनुपर्ने, टुरिष्ट गाइडहरुको समय सापेक्ष पारिश्रमिक वृद्धि गर्नुपर्ने, पर्यटन क्षेत्रमा हुने अवैध गाइडिङ लाई रोक्नका लागि लाइसेन्स् चेकिङ लाई सशक्त बनाउनुपर्ने, हरेक पर्यटकीय गन्तव्यहरुमा टुर्गानको शाखा विस्तार गर्ने लगायतका विषयहरु समेटिएको थियो ।

कार्यक्रममा बोल्दै पर्यटनमन्त्री जीतेन्द्र नारायण देवले देशमा लोकमानसिंह कार्की प्रवृत्ति हावी भएको भन्दै त्यस्तो प्रवृतिको अन्त्य गर्नुपर्नेमा आफ्नो जोड रहेको वताए । उनले आफ्नो कार्यकालमा धेरै योजना लाई अघि बढाएको र सोचेको भन्दा बढी काम गर्ने प्रतिवद्वता जनाए । उनले पोखरा अन्तर्र्रािष्ट्रय विमानस्थल र भैरहवाको निजगढ विमानस्थल लाई विशेष प्राथमिकतामा राखेर काम अघि बढाइरहेको पनि बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, राष्ट्रिय पर्यटन व्यवसायी संघ(निट)का अध्यक्ष दीपक महत, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) का अध्यक्ष कमल सापकोटा, नेपाल योग एसोसिएशनका अध्यक्ष मोहन लम्साल, टुर्गानका पूर्व–अध्यक्ष हरेराम बराल लगायतले पर्यटन क्षेत्रका समस्याहरु वारे आफ्नो धारणा राखेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।