logo

देशमा लोकमान प्रवृत्ति अन्त्य गर्नुपर्छ : पर्यटनमन्त्री देव

    1664   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार- टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) को तेस्रो राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन चार बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनमा टुर्गानका अध्यक्ष नगेन्द्र चन्द द्वारा प्रस्तुत घोषणा पत्रमा टुरिष्ट गाइडहरुको पेशालाई सम्मानित र मर्यादित बनाउन राज्यस्तर बाट पहल गरिनुपर्ने, टुरिष्ट गाइडहरुको समय सापेक्ष पारिश्रमिक वृद्धि गर्नुपर्ने, पर्यटन क्षेत्रमा हुने अवैध गाइडिङ लाई रोक्नका लागि लाइसेन्स् चेकिङ लाई सशक्त बनाउनुपर्ने, हरेक पर्यटकीय गन्तव्यहरुमा टुर्गानको शाखा विस्तार गर्ने लगायतका विषयहरु समेटिएको थियो ।

कार्यक्रममा बोल्दै पर्यटनमन्त्री जीतेन्द्र नारायण देवले देशमा लोकमानसिंह कार्की प्रवृत्ति हावी भएको भन्दै त्यस्तो प्रवृतिको अन्त्य गर्नुपर्नेमा आफ्नो जोड रहेको वताए । उनले आफ्नो कार्यकालमा धेरै योजना लाई अघि बढाएको र सोचेको भन्दा बढी काम गर्ने प्रतिवद्वता जनाए । उनले पोखरा अन्तर्र्रािष्ट्रय विमानस्थल र भैरहवाको निजगढ विमानस्थल लाई विशेष प्राथमिकतामा राखेर काम अघि बढाइरहेको पनि बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, राष्ट्रिय पर्यटन व्यवसायी संघ(निट)का अध्यक्ष दीपक महत, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) का अध्यक्ष कमल सापकोटा, नेपाल योग एसोसिएशनका अध्यक्ष मोहन लम्साल, टुर्गानका पूर्व–अध्यक्ष हरेराम बराल लगायतले पर्यटन क्षेत्रका समस्याहरु वारे आफ्नो धारणा राखेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।