logo

टुरिजम म्यान अफ दि ईयर अवार्ड राम सापकोटालाई

पर्यटकियस्थलहरु २४ घण्टे खुल्ने व्यवस्था गर्न गृहमन्त्री शर्माको निर्देशन 

    2716   पटक पढिएको

५ साउन/ अर्थ र व्यापार- गृहमन्त्री जनार्दन शर्माले पर्यटकियस्थलहरु काठमाडौंका ठमेल, दरवारमार्ग तथा पोखरा २४ घण्टे खुल्ने निर्णय सरकारले गरिसकेकोले आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन । गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको गन्तव्य नेपाल साप्ताहिकको तेह्रौं वार्षिकोत्सव कार्यक्रममा मन्त्री शर्माले सो का लागी आवश्यक सम्पूर्ण व्यवस्थ ागर्न सम्बन्धित निकाय र व्यवसायिहरुलाई अनुरोध गरेका हुन । चौविसै घण्टा खुल्ला गर्नको लागी सरकारले आवश्यक सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरेको उनले वताए ।

कार्यक्रममा टुरिजम म्यान अफ दि ईयर–२०१७ वाट पर्यटन व्यवसायि तथा समाजसेवाकाअभियन्ता,माउण्टेन डिलाईट्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राम सापकोटा (कमल) लाई प्रदान गरियो ।उनलाई सो अवार्ड गृहमन्त्री जनार्दन शर्माले प्रदान गरे । सापकोटा विगत लामो समय देखि पर्यटन व्यवसायका अलावा समाजसेवामा पनि उत्तिकै सक्रिय छन । टुरिजम म्यान अफ दि इयर छनोट समितिका संयोजक रामशरण थपलियाले टुरिजम म्यान अफ दि इयरको घोषणा गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्रमा राजनीतिक गतिविधि र संघ संस्था मात्र वढि भएको वताए । थापाले अव समग्र पर्यटन क्षेत्र नयाँ गन्तव्यहरुको विकासमा लाग्नुपर्ने वताए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति राजेन्द्र सापकोटा,निट नेपालका अध्यक्ष दिपक महत, पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहाल लगायतले पर्यटन क्षेत्रको विकासमा गन्तव्य नेपालले खेलेको भुमिका वारे चर्चा गरेका थिए । कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले आफ्नो स्थापना काल देखि गन्तव्य नेपालले नेपालको पर्यटन क्षेत्रको विकासमा सक्रिय ढंगले लागेको वताए ।

कार्यक्रममा पर्यटन व्यवसायि तथा सामाजिक सेवामा सक्रिय प्रतिष्ठा अमात्य विष्ट,राजेश चन्द्र रेग्मी, सागर विष्ट, नवराज श्रेष्ठ, दावा तामाङ, निलहरी बास्तोला, कर्मा दावा, देण्डी शेर्पा, निम बहादुर मगर, शंकर अधिकारी, वाङछु शेर्पा, मधु कुमार केसी, सुनिल विरजंग राना, श्रीजन सिम्खडालाई सम्मान गरियो । त्यसैगरी पत्रकारहरु जनसवाल दैनिकका सम्पादक रामजी वगाले तथा राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीलाई दश–दश हजार राशी सहित सम्मान गरियो । त्यस्तै कार्यक्रममा गन्तव्य नेपाल ग्रुपले पर्यटन व्यवसायिद्वय विष्णु ज्ञवाली र मनोज श्रेष्ठलाई सल्लाहकार मनोनयन गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।