logo

‘नाइट लाइफ’ संचालन गर्न ठमेल विकास परिषद्को माग

    2045   पटक पढिएको

५ असोज/अर्थ र व्यापार– ठमेल विकास परिषद्ले रात्रीकालीन व्यवसाय संञ्चालन गर्नको लागि सरकारसंग माग गरेको छ ।   

दिउँसोको समयमा भन्दा रात्रीकालीन समयमा व्यापार बढी हुने भएकोले राती बजार खोल्नका लागि सरकारसँग माग गरिरहेको परिषद्का महासचिव धुव्र अधिकारीले बताए । 

करिब ६ महिनादेखिको लकडाउनका कारण बन्द भएको ठमेलमा गत बिहीबारदेखि पूर्ण रुपमा व्यवसाय संचालन गर्ने व्यवस्था भएपछि चहलपहल देखिन थालेको छ । तर रात्रीकालीन व्यवसाय संचालन गर्न नपाउदा व्यवसाय सोचेजस्तो हुन सकेको छैन ।

दिनमा अन्य व्यवसाय संचालन भएपनि राम्रो व्यापार हुन नसकेपछि रात्रीकालीन क्लबहरु पनि खुला गर्न परिषदले पहल गरिरहेको छ ।

कोभिडको सुरक्षा मापदण्ड पूरा गरेर रातीको समयमा हुने व्यापार व्यवसाय पनि संचालन गर्न दिनुपर्ने भन्दै ठमेलका व्यवसायीहरुले सरकारसंग माग गरेका छन् । 

ठमेलका क्लबहरुमा १ सय देखि १ सय ५० जनासम्म ग्राहक राखी पूर्ण सुरक्षित वातावरणमा व्यवसाय संचालन गर्न सकिने परिषदका महासचिव अधिकारीले बताए ।

कोरोना महामारीकै बीच बिदेशमा पनि रात्रीकालीन क्लब तथा बारहरु संचालनमा आएको भन्दै महासचिव अधिकारीले व्यवसायीहरुलाई सुरक्षाको ग्यारेन्टी गरेर चलाउन दिनुपर्ने माग गरेका छन् ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।