logo

टानको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

    2098   पटक पढिएको

२ आश्विन/ अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिले विहिबार होटल मल्लमा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदी नेतृत्वको कार्यसमितिलाई नवराज दाहाल नेतृत्व कार्यसमितिले टानको पदभार हस्तान्तरण गरेको हो । 

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सुवेदीले सबैको सुझाव सल्लाहका आधारमा टानलाई व्यवस्थित गर्दैै निर्वाचनका बेला घोषणा गरेका बुदागत योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाए । पदयात्रा व्यवसायमा थुप्रै खालका समस्याहरु रहेको उल्लेख गर्दै उनले त्यसलाई समाधान गर्नका लागि आँफु र आफ्नो नेतृत्वको कार्यसमिति जहिले पनि अग्रसर भएर लाग्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भिर भएर लागेको बताए । 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले टिम्स लगायत टानसँग सम्बन्धित समस्या अब चाडै नै समाधान हुने दाबी गरे । निवर्तमान अध्यक्ष नवराज दाहालले आफ्नो नेतृत्वको टान कार्यसमितिले महत्वपूर्ण काम गरेको दाबी गर्दै कतिपयको प्रतिफल अबको केही दिनभित्रै देखिने बताए ।

कार्यक्रममा टान प्रमुख निर्वाचन अधिकृत रमेशकुमार मैनालीले नयाँ कार्यसमितिलाई सपथग्रहण गराउदै प्रमाणपत्र हस्तान्तरण गरे भने निवर्तमान अध्यक्ष नवराज दाहालले नवनिर्वाचत अध्यक्ष खुम बहादुर सुवेदीलाई टान सचिवालयको चावी, निवर्तमान महासचिव आङपेम्बा शेर्पाले नवनिर्वाचित महासचिव सरिता लामालाई टान कार्यसमितिको फाइल र निवर्तमान कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले नवनिर्वाचित कोषाध्यक्ष ऋतु ग्याम्दानलाई कोषको सम्पूर्ण खाताहरु हस्तान्तरण गरे । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।