logo

सिजनमा टानको निर्वाचन राखिएको भन्दै व्यवसायिहरु रुष्ट

समिकरण निर्माणमा प्रयास सुरु

    1936   पटक पढिएको

२८ असोज / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को असोज २४ गते बसेको कार्यसमितिको ४६ औं पूर्ण बैठकले टानको ३९ औं वार्षिक साधारणसभा एवं निर्वाचन २०७४ कात्र्तिक १२ ( २९ अक्टोवर) मा बौद्ध स्थित हायात रिजेन्सि होटलमा गर्ने निर्णय गरेको छ । टान कार्यसमितिले साधारणसभा लम्व्याउन चाहेपनि व्यवसायिहरुको चौतर्फि दवाव पछि साधारणसभा घोषणा गरेको हो ।

यसअघि सेप्टेम्बरमा नै टानको साधारणसभा र निर्वाचन गर्नुपर्ने आवाज उठेपनि टानको वर्तमान कार्यसमितिले आफ्नो कार्यकाल समय बाँकी रहेको भन्दै साधारणसभा नगरेपनि कात्र्तिक १२ का लागी साधारणसभा तोकेको हो । तर अक्टोवर–नोभेम्बर नेपालको पर्यटन क्षेत्र र पदयात्रा पर्यटन व्यवसायिहरुको मुख्य सिजनको समय भएका कारण अधिकांश व्यवसायिहरु खुशी भन्दा पनि रुष्ट देखिएका छन । 

अर्थ र व्यापार संग कुरा गदै केहि पर्यटन व्यवसायीहरुले मुख्य सिजनमा ल्याएर टानको साधारणसभा गर्नु बद्नियपूर्ण रहेको र यहि समयमा साधारणसभा गरे कोरम सम्म नपुग्ने वताए । “मतदातालाई भोट हाल्ने अधिकार वाटै बञ्चित गर्ने उद्देश्यले साधारणसभा तोकेको देखिन्छ”–अर्का एक पर्यटन व्यवसायिले भने–“व्यवसायको प्रकृति र सिजन नबुझ्ने व्यक्तिहरु टानको नेतृत्वमा हुनुको फल मध्य सिजनमा टानको साधारणसभा तोकिनु हो ।” 

टानका सदस्यहरुको लागी टानको निर्वाचन भन्दा पनि आफ्नो व्यवसाय महत्वपूर्ण रहेको अर्का एक पर्यटन व्यवसायिले अर्थ र व्यापारलाई वताए । टानका केहि सदस्यहरुले भने समयैमा साधारणसभा तोक्नुलाई सकारात्मक भएपनि मध्य सिजनमा साधारणसभा गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन ।

यद्यपी टानले साधारणसभा तोक्नु अगाडी देखि पर्यटन क्षेत्रमा क्रियाशील राजनीतिक दलहरु निकट व्यवसायिका संस्थाहरुले समिकरणको प्रयास गरेका छन । अधिकांश आकांक्षीहरु आफ्नै दलवाट सर्वसम्मत हुन बाँकी छ । अवको केहि दिनमा समिकरण निर्माण गर्दै आंकांक्षीहरु मध्ये वाट उम्मेदवारहरुको छनोट हुन सक्ने देखिन्छ । यता ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले भने तोकिएको समयमा साधारणसभा नहुनुपर्ने कुनै कारण नरहेको वताए ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।