logo

टानद्वारा मिस टुरिजम–२०१८ का विजेताहरुलाई बधाई ज्ञापन

    2399   पटक पढिएको

२२ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले एक कार्यक्रमको आयोजना गरी मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनरअप प्रकृति ढकाल, मिस टुरिजम–२०१८ सेकेण्ड रनरअप श्रुति थापा र आयोजक प्वाईन्ट मिडियालाई बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा बोल्दै ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा त्यसलाई सफल पार्न नेपाल पर्यटन वोर्ड,पर्यटन क्षेत्रका व्यवसायिक संघ–संस्था तथा मिस टुरिजमका विजेताहरु पनि लाग्नुपर्ने वताए । दाहालले नेपालको पर्यटन क्षेत्रमा पर्यटन क्षेत्रमै औपचारिक शिक्षा हाँसिल गरेका र अन्य युवाहरुलाई आकर्षित गर्न जरुरी रहेको वताए । उनले मिस टुरिजमका विजेताहरुको ज्ञान र सीप पर्यटन क्षेत्रको विकासमा लगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा युवा र महिलाहरुको सहभागिता वृद्धिको उद्देश्य राखेर विगत तीन वर्ष मिस टुरिजमको आयोजना गर्दै आएको वताए । मिस टुरिजम–२०१८ मनिता पौडेलले आँफुहरु अवको एक वर्ष सवैसंग सहकार्य गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा सक्रिय रहने वताईन । 

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष चन्द्र प्रसाद रिजाल,बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी,प्रथम उपाध्यक्ष जीवन थापा मगर,महासचिव आङ पेम्बा शेर्पा, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, सह–कोषाध्यक्ष तारा राना तथा टानका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । 
(तस्विर : शंकर प्रधानांग)
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।