logo

टानको बरिष्ठ उपाध्यक्षमा सुजन लामिछानेले उम्मेद्वारी दिने 

    5921   पटक पढिएको

७ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन क्लव अफ हिमालय प्रा.लि.का प्रबन्ध निर्देशक सुजन लामिछानेले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । टान वर्तमान कार्यसमितिका सचिव समेत रहेका लामिछाने सेरेन हिमालय प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन । यसका साथै उनी होटल व्यवसायमा समेत आवद्ध छन ।

पर्यटन व्यवसायीहरु विचमा आफ्नो बौद्धिक छवि निर्माण गरेका लामिछानेले नेपालको होमस्टे सम्बन्धमा विद्यावारिधी समेत गरिरहेका छन । टानको वर्तमान कार्यसमितिका रहेर पनि लामिछानेले विभिन्न सकारात्मक पहलहरु गर्दै आएका छन ।

“टानको वर्तमान कार्यसमितिमा रहँदा कतिपय विषयहरुको समस्या समाधानका लागी काम गर्न सकियो, वर्तमान कार्यसमितिले अगाडी वढाएका कामहरु पुरा गर्न र पदयात्रा पर्यटन क्षेत्रमा रहेका अन्य समस्याहरु समाधानका लागी केहि गर्न सकिन्छ भनेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सोच वनाएको हुँ”–बरिष्ठ उपाध्यक्षका आकांक्षी लामिछानेले वताए । टानको वर्तमान कार्यसमितिमा रहँदा नेतृत्वले पहल गर्नुपर्ने तरिका र सरकारी निकायसंगको समन्वय गर्ने विषयमा आँफु जानकार रहेकोले पनि आगामी कार्यकालमा अझ सहज हुने उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।