logo

सिचुवान ईन्टरनेशनल ट्राभल एक्स्पोमा सहभागि हुन नेपाली व्यवसायिको टोलि चीन प्रस्थान

    4566   पटक पढिएको

१९ भाद्र / अर्थ र व्यापार- आगामी सेप्टेम्बर ४ देखि ९ तारिखसम्म चीनको लसानमा आयोजना हुने सिचुवान ईन्टरनेशनल ट्राभल एक्स्पोमा सहभागि हुन नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा नेपाली पर्यटन व्यवसायिहरुको टोलि चीन प्रस्थान गरेको छ । टोलिमा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईं,महासचिव रमेश थापा,सचिव सविता के.सी,सहकोषाध्यक्ष सुरेन्द्र भट्टराई सहित १३ जना नेपाली व्यवसायि सहभागि रहेको नाट्टाका अध्यक्ष सि.एन पाण्डेले अर्थ र व्यापारलाई वताए ।

मंगलवार नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट व्यवसायिहरुलाई विदाई गरेका थिए । सो कार्यक्रममा सहभागि हुन नेपालवाट संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी ६ तारिख चीन प्रस्थान गर्दैछन । एक्स्पोमा नेपालवाट पर्यटन मन्त्रीले प्रमुख अतिथिका रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको नाट्टा चीन प्रवद्र्धन कमिटिका संयोजक सुदर्शन नेपालले वताए । सम्मेलनमा ५० वटा देशको सहभागिता रहेको नेपालले वताए ।

सम्मेलनमा सहभागि हुन नेपालवाट यसअघि नै ५० जना हस्तकला व्यवसायिहरु चीन गईसकेका छन । एक्स्पोको अवसरमा चीनको लसान र नेपालको लुम्बिनीलाई सिस्टर सिटि घोषणा गर्ने कार्यक्रम रहेको नाट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।