logo

सिटिटिभि फुटेज षड्यन्त्रको पोको रहेको शन्तविर लामा समुहको धारणा

जिम्बाको पत्रकार सम्मेलनको आरोपको उत्तर लामा समुहको अर्को पत्रकार सम्मेलन मार्फत

    2309   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार- गत साउन २१ गते भएको नेपाल पर्वतारोहण संघ (एनएमए ) को निर्वाचनमा पराजित जिम्बा जाङबु शेर्पा समुहले निर्वाचनमा धाँधली भएको भन्दै पत्रकार सम्मेलन गरी सिसिटिभि फुटेज सार्वजनिक गरेपछि आज विहिवार विजयी शन्तविर लामा समुहले अर्को पत्रकार सम्मेलन गरी त्यो आरोप विभिन्न प्रोपोकाण्ड मच्चाउने षड्यन्त्रको पोको भएको संज्ञा दिएको छ ।

जिम्वा जाङबु शेर्पा समुहले आरोपित गरेका तत्कालिन कार्यसमितिका कोषाध्यक्ष तथा निर्वाचित सचिव टिकाराम गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै जिम्बा जाङबु शेर्पाले हार स्विकार गर्न नसकेको वताए । ति आरोपहरु तथ्यहिन र आधारविहिन ढंगले जर्वजस्ती लगाईएको भन्दै उनले आँफु संघको कोषाध्यक्ष भएको र मतदाताहरुको कार्डहरु छुटेको र आवश्यक भएपछि कार्ड लिन मात्र गएको वताए ।

नेपाल पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहालले निर्वाचनको दिनमा विजयी उम्मेदवारहरुलाई बधाई दिएर निस्केपछि फेरी पछि हार स्विकार्न नसक्नु लोकतान्त्रिक अभ्यास नभएको वताए । अध्यक्षमा निर्वाचित शन्तविर लामाले संघको कार्यालय वाट सिसिटिभि फुटेज कसरी बाहिर निस्कियो भन्दै यसको जिम्मेवारी अध्यक्ष आङछिरिङ शेर्पाले लिनुपर्ने वताए । उनले छिटो भन्दा छिटो नवनिर्वाचित उम्मेदवारहरुलाई शपथ गराउनु पर्ने पनि वताए ।

पत्रकार सम्मेलनमा शन्तविर लामा समुहका निर्वाचन परिचालन कमिटिका संयोजक निमानिरु शेर्पा,महासचिव पदमा पराजित बोधराज भण्डारी लगायतले पनि निर्वाचन स्वच्छ ढंगले भएको भन्दै जिम्वा जाङबु शेर्पा समुहले हार स्विकार गर्न नसकेको वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।