logo

सिटिटिभि फुटेज षड्यन्त्रको पोको रहेको शन्तविर लामा समुहको धारणा

जिम्बाको पत्रकार सम्मेलनको आरोपको उत्तर लामा समुहको अर्को पत्रकार सम्मेलन मार्फत

    1947   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार- गत साउन २१ गते भएको नेपाल पर्वतारोहण संघ (एनएमए ) को निर्वाचनमा पराजित जिम्बा जाङबु शेर्पा समुहले निर्वाचनमा धाँधली भएको भन्दै पत्रकार सम्मेलन गरी सिसिटिभि फुटेज सार्वजनिक गरेपछि आज विहिवार विजयी शन्तविर लामा समुहले अर्को पत्रकार सम्मेलन गरी त्यो आरोप विभिन्न प्रोपोकाण्ड मच्चाउने षड्यन्त्रको पोको भएको संज्ञा दिएको छ ।

जिम्वा जाङबु शेर्पा समुहले आरोपित गरेका तत्कालिन कार्यसमितिका कोषाध्यक्ष तथा निर्वाचित सचिव टिकाराम गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै जिम्बा जाङबु शेर्पाले हार स्विकार गर्न नसकेको वताए । ति आरोपहरु तथ्यहिन र आधारविहिन ढंगले जर्वजस्ती लगाईएको भन्दै उनले आँफु संघको कोषाध्यक्ष भएको र मतदाताहरुको कार्डहरु छुटेको र आवश्यक भएपछि कार्ड लिन मात्र गएको वताए ।

नेपाल पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहालले निर्वाचनको दिनमा विजयी उम्मेदवारहरुलाई बधाई दिएर निस्केपछि फेरी पछि हार स्विकार्न नसक्नु लोकतान्त्रिक अभ्यास नभएको वताए । अध्यक्षमा निर्वाचित शन्तविर लामाले संघको कार्यालय वाट सिसिटिभि फुटेज कसरी बाहिर निस्कियो भन्दै यसको जिम्मेवारी अध्यक्ष आङछिरिङ शेर्पाले लिनुपर्ने वताए । उनले छिटो भन्दा छिटो नवनिर्वाचित उम्मेदवारहरुलाई शपथ गराउनु पर्ने पनि वताए ।

पत्रकार सम्मेलनमा शन्तविर लामा समुहका निर्वाचन परिचालन कमिटिका संयोजक निमानिरु शेर्पा,महासचिव पदमा पराजित बोधराज भण्डारी लगायतले पनि निर्वाचन स्वच्छ ढंगले भएको भन्दै जिम्वा जाङबु शेर्पा समुहले हार स्विकार गर्न नसकेको वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।