logo

अनुभव, योग्यता र क्षमताका कारण नै टानको अध्यक्षमा जान चाहेको हुँ : पूर्णचन्द्र भुषाल

    4336   पटक पढिएको

३ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी अध्यक्ष पदमा गंगापूर्ण ग्लासियर ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक पूर्णचन्द्र भुषालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । टानको निर्वाचन आगामी भाद्र २० (सेप्टेम्बर ६) का दिन हुँदैछ ।

विगत ३१ वर्ष देखि पर्यटन व्यवसायमा आवद्ध भुषालले अंग्रेजीमा स्नात्तकोत्तर सम्मको औपचारीक अध्ययन पुरा गरेका छन । फ्रान्सवाट फ्रेन्च भाषामा डिप्लोमा सम्मको अध्ययन पुरा गरेका भुषालले यसअघि युनिट्राभको महासचिव रहेर समेत काम गरिसकेका छन । “टानको गरिमालाई जोगाएर संस्थाको उद्देश्य अनुसार अगाडी बढ्नु र आम सदस्यहरुको हितमा काम गर्नु आजको आवश्यकता हो”–अध्यक्षका आकांक्षी भुषालले भने–“सवै अग्रज व्यवसायीहरु र युवा व्यवसायी साथीहरुले पनि मलााई टानको नेतृत्व लिन सुझाव दिनुभएको हुँदा आफ्नो अनुभव, योग्यता र क्षमतालाई टान र नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी प्रयोग गर्न टानको अध्यक्षमा उम्मेदवारी दिन चाहेको हुँ ।” 

टान राजनीतिक फोरम नभई ट्रेकिंग एजेन्सीहरुको हक, हित र अधिकार संरक्षण गर्ने गैर नाफामूलक संस्थाको रुपमा काठमाडौं जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएको छाता संगठन हो भन्ने यथार्थता प्रतिबिम्बित गराउने आफ्नो उद्देश्य रहेको उनले वताए । टानका सदस्य कम्पनीका प्रत्येक संचालकहरुको पूरा नाम, फोटो, कम्पनीको नाम र ठेगाना अंकित टान परिचयपत्र वितरण गर्ने, पर्यटकहरुको मात्रात्मक वृद्धि भन्दा गुणात्मक वृद्धिले रोजगारीमा वृद्धि, व्यवसायीहरुको जीवनस्तरमा सुधार र राष्ट्रिय आयमा वृद्धि गराउने यथार्थ बोध गराउने, ट्रेकर्स र नेपाली कामदार समेतको हित र सुरक्षालाई ध्यानमा राखी होस्टेल, गेस्ट हाउस, रेस्टुराँ, होमस्टे आदि विभिन्न संस्थाहरुबाट अवैध रुपमा संचालित गैरकानुनी ट्रेकिङ अपरेशनलाई निस्तेज पार्ने आफ्नो एजेण्डा रहेको भुषालले अर्थ र व्यापारलाई वताए ।

त्यसैगरी “नो ट्रेकिङ विथवाउट एजेन्सी” भन्ने नारा लागु गराउन सम्बन्धित निकायमा लबिंग गर्ने, दोहोरो कर प्रणालीको भारबाट ट्रेकिंङ व्यवसायीहरुलाई राहत दिलाउन सम्बन्धित निकाय संग यथासिघ्र वार्ता गर्ने, केही पर्यटन ऐन अस्पष्ट रहेकोले सम्बन्धित निकायलाई विश्वासमा लिई संशोधन गराउने, टिम्सलाई एकद्वार प्रणाली अन्र्तगत मात्र बिक्रि वितरण गर्ने गराउने परिस्थितिको निर्माण गर्ने आफ्नो एजेण्डा रहेको उनले वताए ।

“मजदूर भलाई कोष” स्थापना गरि ट्रेकिंङ पेशामा आश्रित मजदुर कर्मचारीहरुको दुर्घटना बिमा, तत्काल उद्दार बिमा, उपचार विमा र अनुदानको प्रभावकारी व्यवस्था गर्ने, टानलाई  संघिय मोडलमा लाने आफ्नो प्रमुख एजेण्डाहरु रहेको भुषालले वताए ।
विशेषरी कतिपय कामहरु सरकारलाई विश्वासमा लिएर मात्र गर्न सकिने अवस्था रहेकोले सरकारी निकायहरु संगको समन्वयमा यो क्षेत्रको विकासका लागी आँफुले सक्दो प्रयास गर्ने उनले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।