logo

२०१८ को पहिलो छ महिनामा नेपाल आउने पर्यटकको संख्यामा १६.४ प्रतिशतले बृद्धी

    1797   पटक पढिएको


२ साउन/अर्थ र व्यापार– गत वर्षको तुलनामा सन् २०१८ को पहिलो छ महिनामा नेपाल आउने पर्यटकको संख्या १६.४ प्रतिशतले बढेको छ ।

अध्यागमन विभागका अनुसार गत वर्ष छ महिना अवधिभर पाँच लाख २० हजार १४ पर्यटक भित्रिएका थिए भने यस वर्ष पाँच लाख ६५ हजार एक सय ५९ पर्यटक भित्रिएका छन् ।

जून महिनामा भारतीय पर्यटकको संख्या १८.८ प्रतिशतले बढेको छ भने दक्षिण एशियाली मुलुकबाट नेपाल आउने पर्यटको संख्या २८.१ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

विभागका अनुसार जून महिनामा चीनबाट आउने पर्यटकको संख्या ३४ प्रतिशतले वृद्धि भएको छ ।
एशियाली मुलुकबाहेकका क्षेत्रमध्ये जून महिनामा थाइल्याण्ड र मलेसियाबाट आउने पर्यटकको संख्या क्रमशः २६.७ प्रतिशत र ३१.२ प्रतिशतले वृद्धि भएको विभागले उल्लेख गरेको छ ।

गत वर्षको तुलनामा अस्ट्रेलिया, न्युजियल्याण्ड, अमेरिका, क्यानडा लगायतका मुलुकबाट आउने पर्यटकको संख्या क्रमशः ५.७, १.५, १५.३ र २०.७ प्रतिशतले वृद्धि भएको विभागले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

गत वर्षको अनुपातमा दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ३१.४ प्ररतिशतले घटेको विभागले जनाएको छ । साथै फ्रान्सबाट आउने पर्यटकको संख्या १३.६ प्रतिशतले घटेको छ ।

युरोपेली देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या गत वर्षको तुलनामा ९.६ प्रतिशतले बढेको विभागले बताएको छ । गतवर्षको तुलनामा जर्मनी र स्पेनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या क्रमशः २७.५ प्रतिशत र २२.७ प्रतिशतले वृद्धि भएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।