logo

२०१८ को पहिलो छ महिनामा नेपाल आउने पर्यटकको संख्यामा १६.४ प्रतिशतले बृद्धी

    1366   पटक पढिएको


२ साउन/अर्थ र व्यापार– गत वर्षको तुलनामा सन् २०१८ को पहिलो छ महिनामा नेपाल आउने पर्यटकको संख्या १६.४ प्रतिशतले बढेको छ ।

अध्यागमन विभागका अनुसार गत वर्ष छ महिना अवधिभर पाँच लाख २० हजार १४ पर्यटक भित्रिएका थिए भने यस वर्ष पाँच लाख ६५ हजार एक सय ५९ पर्यटक भित्रिएका छन् ।

जून महिनामा भारतीय पर्यटकको संख्या १८.८ प्रतिशतले बढेको छ भने दक्षिण एशियाली मुलुकबाट नेपाल आउने पर्यटको संख्या २८.१ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

विभागका अनुसार जून महिनामा चीनबाट आउने पर्यटकको संख्या ३४ प्रतिशतले वृद्धि भएको छ ।
एशियाली मुलुकबाहेकका क्षेत्रमध्ये जून महिनामा थाइल्याण्ड र मलेसियाबाट आउने पर्यटकको संख्या क्रमशः २६.७ प्रतिशत र ३१.२ प्रतिशतले वृद्धि भएको विभागले उल्लेख गरेको छ ।

गत वर्षको तुलनामा अस्ट्रेलिया, न्युजियल्याण्ड, अमेरिका, क्यानडा लगायतका मुलुकबाट आउने पर्यटकको संख्या क्रमशः ५.७, १.५, १५.३ र २०.७ प्रतिशतले वृद्धि भएको विभागले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

गत वर्षको अनुपातमा दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ३१.४ प्ररतिशतले घटेको विभागले जनाएको छ । साथै फ्रान्सबाट आउने पर्यटकको संख्या १३.६ प्रतिशतले घटेको छ ।

युरोपेली देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या गत वर्षको तुलनामा ९.६ प्रतिशतले बढेको विभागले बताएको छ । गतवर्षको तुलनामा जर्मनी र स्पेनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या क्रमशः २७.५ प्रतिशत र २२.७ प्रतिशतले वृद्धि भएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।