logo

रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’

    1535   पटक पढिएको

१० मंसिर / अर्थ र व्यापार - भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने उक्त कार्यक्रममा ४० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई समेत अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट एकैपटक झाँकी प्रदर्शनी पनि हुने योजना बनाइएको छ । कार्यक्रममा विभिन्न देशका मेयरलाई पनि अतिथिका रूपमा निम्तो दिइनेछ ।

राजधानीबाहेक देशैभर प्रदेश र स्थानीय तहमा पनि औपचारिक उद्घाटन कार्यक्रम गर्ने निर्णय समितिले गरेको छ । भ्रमण वर्षका अवसरमा नेपाल भित्रिने पर्यटकलाई अलि फरक तरिकाबाट स्वागत गर्ने निर्णय पनि समितिले गरेको छ । खासगरी काठमाडौँको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकलाई हात्ती प्रयोग गरेर स्वागत गर्ने योजना बनाइएको छ ।

समितिको बैठकले भ्रमण वर्षको तयारी स्वरूप केही योजनाहरूमा पनि निर्णय गरेको छ । बैठकले विदेश जाने नेपालीलाई प्रचारप्रसार सामग्री वितरण गर्ने, नेपालभित्र उत्पादन हुने वस्तु र सार्वजनिक यातायातमा भ्रमण वर्षको लोगो प्रयोग गर्ने, सार्वजनिक स्थलमा पुराताìिवक महìव नबिग्रने गरी ‘लाइटिङ’ गर्ने निर्णय गरेको छ ।

भ्रमण वर्षसँग सम्बन्धित गीत तयार गर्ने, नेपाल भित्रिने जहाजमा नेपालबारे जानकारी दिने अडियो प्रस्तुत गर्ने, बाह्रै महिना सरसफाइ कार्यक्रम चलाउने, सम्भव भए विश्वकै अग्लो बुर्ज खालिफा टावरमा भ्रमण वर्षको प्रस्तुति राख्ने योजना पनि तयार भएको छ । त्यस्तै विदेशका औपचारिक कार्यक्रममा सरकारको तर्फबाट जाँदा अनिवार्य रूपमा कोसेली लिएर जानुपर्ने निर्णय पनि समितिले गरेको छ ।

यस्तै विदेशमा नेपालको कूटनीतिक उपस्थिति रहेका ठाउँमा जनवरी ७ मा औपचारिक रूपमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिने भएको छ । भ्रमण वर्षका लागि तयार गरिएका योजनाका विषयमा सम्बन्धित निकायले सक्रिय रूपमा काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभएको छ । सबैलाई आफ्नो जिम्मेवारीअनुसार काम गरेर भ्रमण वर्ष सफल बनाउन मन्त्री भट्टराईले आग्रह गर्नुभयो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।