logo

नुवाकोटमा पछिल्लो समयमा होटलमा लगानी गर्ने क्रममा बढोत्तरी

    1908   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार - नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा १० वटा गाउँपालिका रहेको नुवाकोटमा होटल क्षेत्रमा मात्रै तीन अर्ब रुपैयाँ लगानी भइसकेको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । पहाडी संरचना रहेको नुवाकोटमा पछिल्लो पाँच वर्षदेखि होटलमा लगानी गर्ने क्रममा बढोत्तरी भएको हो । होटल व्यवसायमा तीन अर्ब लगानी भइसकेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

नेपाल–चीन प्रवेशका लागि रसुवागढी नाका आधिकारिक रूपमा सञ्चालनमा आएपछि नुवाकोटमा यात्रु र पर्यटकको संख्या बढिरहेको छ। नुवाकोटमा स्टार होटल नभए पनि पर्यटकका लागि पर्याप्त सेवा, सुविधा तथा गुणस्तर रहेको कार्कीले बताए। काठमाडौंलगायत रसुवा, धादिङ, चितवन, सिन्धुपाल्चोक, गोरखाबाटसमेत पर्यटक नुवाकोट घुम्न आएर होटलमा बस्ने गरेका छन् । रसुवागढी नाका सञ्चालनका साथै काठमाडौंबाट नुवाकोट प्रवेश गर्न तीनवटा सडकमार्ग रहेका कारण आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढिरहेको छ । होटल व्यवसायमा लगानीकर्ता बढिरहेको उद्योग वाणिज्य संघ नुवाकोटका प्रवक्ता सवीन राजभण्डारीले बताए ।

उनका अनुसार तीन वर्ष यतादेखि नुवाकोट र रसुवामा पारिवारिक वातावरणका होटल खुल्ने क्रम बढिरहेका छन् । सानाठूला गरी नुवाकोटमा एक सय ६० र रसुवामा ७५ वटा होटल सञ्चालनमा छन् । रसुवाको होटल व्यवसायमा समेत दुई अर्ब भएको छ । कतिपय होटलले त होम स्टे प्रकृतिबाट ग्राहकलाई सेवा प्रदान गरिरहेका छन् । नुवाकोटको विदुर, बट्टार, पीपलटार, ढिकुरे, देवीघाट, वेत्रावती, छहरे, खरानीटार, रसुवाको कालिकास्थान, धुन्चे, स्याफ्रुबेसी, टिमुरेलगायत स्थानमा होटल खुल्ने क्रम बढिरहेको पर्यटन व्यवसायी दीपेन्द्र पौडेलले बताउँछन् ।

होटलमा खाना तथा वासस्थानको गुणस्तर कायम गरेपछि एकपटक आएका ग्राहक पुनस् आउने गरेको बट्टारका अर्का पर्यटन व्यवसायी राममणि अधिकारीले बताए । अधिकारीलगायत एक सय ४४ जनाले पर्यटन सहकारीमार्फत ११ करोडको लगानीमा होटल वाटर टावर सञ्चालन गरेका छन् । नारायण भट्टले वट्टार बजारको दम्की चोकमा दुई करोड लगानी गरेर आधुनिक होटल सञ्चालन गरेका छन्। युवा पर्यटन व्यवसायी दीपेन्द्र लोहनीको अगुवाइमा होटल नुवाकोट भ्यू सञ्चालनमा ल्याइएको हो । दुई करोड रुपैयाँ लागतमा निर्मित यस होटलबाट नुवाकोटका अधिकांश स्थान देख्न सकिन्छ ।

रसुवागढी, स्याउबारी, केरुङ, बेत्रावती, जालपादेवी, भैरवी मन्दिरलगायत ठाउँमा घुम्न आउने पर्यटकसमेत नुवाकोटका होटलमा बस्ने गरेको व्यवसायी बताउँछन्। नयाँ होटल स्थापना भएसँगै नुवाकोटमा गैरसरकारी, विभिन्न सघंसस्था, सरकारी कार्यालयलगायत कायक्रम होटलका हलमा नै हुने गरेको थपलिया बताउँछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।