logo

तनहुँको बन्दीपुरमा पर्यटकहरुको संख्या बढ्दै

    1991   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरीक पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ । भूकम्प र नाकाबन्दीका कारण थलिएको बन्दीपुरको पर्यटन व्यवसाय बिस्तारै तग्रिने अवस्थामा आएको छ । बन्दीपुरमा गत वर्षको दशैं पछि पर्यटकहरु बढ्न थालेका हुन् । असार महिनामा समेत पर्यटकहरु बन्दीपुरमा भेटिए । बन्दीपुरमा ९० प्रतिशत पर्यटकहरु आन्तरीक हुन्छन् भने १० प्रतिशत मात्रै विदेशी पर्यटक आउने गरेका छन् ।

विषेश गरी विकइन्ड मनाउन आन्तरीक पर्यटकहरु बन्दीपुर आउने गरेको छ । पर्यटकहरुको बसाई अवधि भने एक दिनको मात्रै हुने गरेको छ । बन्दीपुरमा ठूला–साना गरी ६० वटा होटलहरु सञ्चालनमा छन् । तिनमा ५ सय रुपैयाँदेखि १२ हजारसम्म पर्ने कोठाहरु छन् । बन्दीपुरमा ३ वटा नयाँ होटल यसै वर्ष थपिएका छन् भने ४ वटा ठूला होटल निर्माणको क्रममा छन् । होटलहरुमा ६ सय जनाले रोजगारी पाएका छन् ।

पर्यटकको आकर्षणको केन्द्र बन्दै गएपछि बन्दीपुरमा भ्यू टावर निर्माणको प्रक्रिया अघि बढेको छ । २ करोडको लगानीमा रानीवन क्षेत्रमा भ्यूटावर निर्माणको प्रक्रिया अघि बढेको छ । यहाँबाट एउटै रेञ्जमा धांउलागिरीदेखि लामटाङसम्मका ८ हजार उचाइभन्दा माथिका हिमालहरु देख्न सकिन्छ ।

यसैगरी बन्दीपुरमा तालपार्क निर्माणको योजना अघि बढेको छ । बन्दीपुरको गैह्रीगाउँमा तालपार्क निर्माणका लागि जग्गाको मुआब्जा दिने प्रक्रिया अघि बढेको छ । पार्क निर्माण हुने स्थानमा केही व्यक्तिको समेत जग्गा परेकाले त्यसलाई टुंग्याएर मात्रै काम शुरु गर्नुपर्ने हुँदा ढिला भएको छ ।

पानीको स्रोत नै नभएको ठाउँमा तालपार्क बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा रिङरोड निर्माण गर्न १ करोड ३० लाख रकम छुट्टाएको छ । यस्तै, गुरुन्चे डाँडाको पिकमा रहेका मन्दिरहरुको जीर्णोद्धार गरी त्यहाँ रहेको राजदरवारसम्म पुग्न फुट ट्र्याक निर्माणको काम गाउँपालिका र स्थानीय समुदायको साझेदारीमा अघि बढाउने तयारी भएको छ ।

यस्तै बन्दीपुरको टुँडीखेल क्षेत्रको गुरुयोजना तयार गरी फुटबल मैदान, फुटपाथ निर्माणको काम भैरहेको छ । हेलिप्याड निर्माण, कोसेली घर निर्माणको काम बाँकी छ । २ करोड ५० लाखको लागतमा ३ वर्ष्भित्र पूरा गर्ने गरी टुँडीखेलमा यी संरचनाहरु निर्माण गर्न लागिएको हो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।