logo

सन् २०२० को ११ महिनामा २ लाख २० हजार पर्यटक नेपाल भित्रिए

    1887   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार– सन् २०२० को ११ महिनामा विभिन्न मुलकबाट २ लाख २० हजार १ सय २० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमध्ये बढी संख्या नेपालमा लकडाउन सुरु हुनुभन्दा अगाडी जनवरीदेखी मार्चसम्मको हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहँदा सुरु भएको विश्वव्यापी कोभिड–१९ महामारीका कारण नेपाल भ्रमण बर्ष सफल हुन सकेन अन्ततः भ्रमण बर्ष नै रद्ध हुन पुग्यो ।

भ्रमण वर्षका रुपमा सुरुआत गरिएपछिको २ महिना पछि महामारी नियन्त्रणको लागि सरकारले गरेको नेपालमा लकडाउन सुरु भएसंगै नेपालमा पर्यटक आगमन बन्द भएको हो।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सरकारले गत अक्टोवर १७ बाट पर्यटकका लागि नेपाल खुला गरेपछि अक्टोवरमा १८७४ जना र नोभेम्बरमा १९४७ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबा २ सय ९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । भारतबाट १ सय २३ र रुसबाट १ सय २ जना नेपाल आएको तथ्यांक छ ।

यस्तै, नोभेम्बर महिनामै क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्टे्रलियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९६८, फेब्रुअरी १०१४००, मार्चमा ३४, ०२५ अप्रिलमा १३, मेमा ३०, जुनमा १००, जुलाईमा १९५, अगस्टमा २६८, सेप्टेम्बरमा ५८२, अक्टोवरमा १८७४ र नोभेम्बर महिनामा १९४७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।