logo

अब पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन निषेध

    1523   पटक पढिएको


११ पुस / अर्थ र व्यापार - विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो ।

धार्मिकस्थललाई सोही वातावरणमा रहन दिन मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु परेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव  प्रदीप ढकालले जानकारी दिए । पशुपतिनाथ मन्दिर विश्वकै हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल हो। यसलाई धार्मिक वातावरण कायमै राख्न पनि सवारी साधन प्रदेशमा रोक लगाइएको कोषको भनाइ छ । एम्बुलेन्स, शवबाहनलाई भने मन्दिर परिसरमा जान रोक लगाइएको छैन ।

मन्दिरमा जाने तीर्थयात्रीहरूको सवारी साधनलाई मन्दिर परिसर बाहिरै पार्किङको व्यवस्था गरिएको छ । स्थानीयवासीहरूको हकमा भने वडा कार्यालयसँग समन्वय गरेर सवारी साधन पासको व्यवस्था मिलाइएको पनि कोषका सदस्य सचिव ढकालले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको पर्यटकीयस्थल ठमेलमा पनि सवारी साधन प्रवेशमा रोक लगाइएको सकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।